back
CTIZAN AD

नेपालमा हालसम्मको कोरोना अपडेटः २४,४३२ संक्रमित, १६,७२८ जना निको, मृतकको संख्या ९१ पुग्यो

वि.सं.२०७७ साउन २८ बुधवार

774 

shares

२८ साउन, काठमाण्डौं । नेपालमा बुधबार (२८ साउन) सम्म पिसीआर प्रविधिबाट ४लाख ७३ हजार १७९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १० हजार ४८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,६१३ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १४ हजार ८४६ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ४८४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २४ हजार हजार ४३२ पुगेको छ भने आज निको भएर ६४ डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १६ हजार ७२८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज थपिएका ८ जनासँगै हालसम्म मृतकको संख्या ९१ पुगेको छ ।

आज ४८४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाण्डौं उपत्यकाका १३८ जना सहित ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाण्डौंमा १०९ जना, मोरङमा ४६, महोत्तरीमा ४४ र धनुषामा ३९, बारामा २६, रौतहटमा २६, जना संक्रमित थपिएका छन् । साथै आज ललितपुरमा २१ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

सुर्खेत १८, कास्की १५, सुनसरी १५, चितवन १५, झापा १०, सिरहा १०, रुपन्देही ७, सर्लाही ६, स्याङजा ६, काभ्रे ५, सप्तरी ५, दार्चुला ५, दैलेख र पर्सामा ४/४ जना, कैलाली, मकवानपुर र कन्चनपुरमा ३/३ जना, तनहुँ, पर्सा, सिन्धुली, अर्घाखाँची र रुकुमपुर्व, गोर्खा, नुवाकोट, धादिङ, डोटी र दोलखामा २\२ जना संक्रमित थपिएका छन् ।

आज काठमाण्डौं उपत्यकाका १३८ सहित ४८४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४,४३२ पुग्यो

त्यस्तै इलाम, ताप्लेजुङ, रुपन्देही, दाङ, बाँके, ओखलढुंगा, जाजरकोट, कपिलवस्तु, रामेछाप, खोटाङ, पाल्पा, नुवाकोट, बैतडी, अर्घाखाँची, सल्यान, रुकुमपश्चिम र बैतडीमा १\१ जना गरी आज जम्मा ४८४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४८४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २४ हजार ४३२ पुगेको छ ।

कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा ६१४, प्रदेश २ मा ३,४५७, बाग्मति प्रदेशमा १,५२४, गण्डकी प्रदेशमा २४७, प्रदेश नं ५ मा ६५७, कर्णाली प्रदेशमा २२० र सुदूरपश्चिम प्रदेशमा ८९४ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

निको हुनेको संख्या १६ हजार ७२८ पुग्यो
आज ६४ जनाले जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ६४ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् । आज ६४ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।

कोरोना संक्रमणबाट आज पनि ८ जनाको मृत्यु भएको पुष्टि
नेपालमा आजपनि कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज मृत्यु भएकामा काठमाण्डौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाण्डौं महानगरपालिका १२ टेकुकी ७८ वर्षीया १ महिलाको साउन २८ गते बिहान १ः१५ मा मृत्यु भएको छ ।
उनको किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

धादिङको निलकण्ठ नगरपालिका वडा नं १४ का ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको साउन २८ गते मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

धनु्षा जनकपुर उपमहानगरपालिका वडा नं ८ की ३८ वर्षीया महिलाको साउन २८ गते पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं ८ घर भई राजविराज नगरपालिका वडा नं ६ सिराहा रोड बस्ने ७२ वर्षीय पुरुषको पनि साउन २७ गते राति मृत्यु भएको छ ।

त्यसैगरी मोरङको बुढीगंगा गाउँपालिका वडा नं २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको साउन २८ गते विहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको हो । उनको बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।  आज मृत्यु भएको पृष्टि भएका ८ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा साउन २७ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन २८ बुधवार १८:५६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...