काठमाडौं । सन् १९५७ अक्टुबर ४ को दिन सोभियत संघ (अहिलेको रुस)ले विश्वलाई ‘सरप्राईज’ दिँदै आफ्नो पहिलो अन्तरिक्ष यात्राको कार्यक्रम घोषणा गरेको थियो । रुसले ४ अक्टुबरको दिन ‘स्पूतनिक–१’ नामको मानव निर्मित उपग्रह अन्तरिक्षमा पठाएको थियो ।
रुसको अन्तरिक्ष तर्फको यात्रा अगाडि बढेको १५ वर्ष पश्चात सन् १९७२ मा मात्रै अहिलेको महाशक्ति मानिने अमेरिकाले अन्तरिक्ष कार्यक्रमको सुरुवात गरेको थियो । अमेरिकी सरकारले अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्न त्यससमय नासाको गठन गरेको थियो । तर, १५ वर्षको बीचमा रुसले धेरै आविष्कार गरिसकेको थियो भने दर्जनौं स्पुतनिकहरु अन्तरिक्षमा पुर्याएको थियो ।
रुसको त्यो अन्तरिक्षतर्फको यात्रामा जोडिएको ऐतिहासिक ‘स्पुतनिक’ नामलाई रुसले कोरोना भाइरस (कोभिड–१९)विरुद्वको अभियानमा पनि प्रयोग गरेको छ । रुसले मंगलबार सार्वजनिक गरेको कोरोनाविरुद्वको भ्याक्सिनको नाम पनि त्यहि ऐतिहासिक नामबाट राखेको छ । राष्ट्रपति पुटिनले घोषणा गरेको भ्याक्सिनको नाम रुसले ‘स्पूतनिक–वी’ राखेको छ ।

स्पुतनिक-१ स्याटलाइट लञ्च गर्दाकाे तस्बिर। तस्बिर : एजेन्सी
जसरी ‘स्पूतनिक–१’ को घोषणा गर्दा विश्वलाई अनोठौ ‘सरप्राईज’को अनुभूति भएको थियो त्यसैगरि ‘स्पूतनिक–वी’को घोषणा गर्दा पनि ‘सरप्राईज’को अनुभूति भएको छ । पुटिनले भ्याक्सिन बनेको घोषणा गर्दै गर्दा विश्वले नै निकै ठुलो राहतको अनुभूती गरेको छ ।
जसरी ‘स्पूतनिक–१’ को घोषणा गर्दा विश्वलाई अनोठौ ‘सरप्राईज’को अनुभूति भएको थियो त्यसैगरि ‘स्पूतनिक–वी’को घोषणा गर्दा पनि ‘सरप्राईज’को अनुभूति भएको छ । पुटिनले भ्याक्सिन बनेको घोषणा गर्दै गर्दा विश्वले नै निकै ठुलो राहतको अनुभूती गरेको छ ।
मंगलबार रुसका राष्ट्रपति भ्यादिमीर पुटिनले कोरोनाविरुद्वको भ्याक्सिन बनाएको घोषणा गरेका थिए । उनले आफ्नी छोरीलाई पहिलो भ्याक्सिन दिएको पनि बताएका थिए । कोरोना संक्रमित छोरीलाई भ्याक्सिनले निकै आराम दिएको उनको भनाई थियो ।

The new Russian #COVID19 vaccine is called Sputnik V
‼️? https://t.co/S9T8xHcRzf pic.twitter.com/S9ASJxSnia
— Russia in USA ?? (@RusEmbUSA) August 11, 2020
‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौं र देशमा रजिष्टर्ड पनि गर्यौं, मैंले आफ्नी एक छोरीमा पहिलो भ्याक्सिनको प्रयोग गरें, उनी निकै आराम महसुस गरेकी छिन्’, उनले भनेका थिए ।
रुसी सञ्चार माध्यमले उल्लेख गरेको पछिल्लो जानकारीअनुसार भ्याक्सिनको प्रयोग गरेसँगै पुटिनकी छोरीको शरिरमा तापक्रम ठिक ठाउँमा आएको र रोग प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास भएको बताएका छन् । एजेन्सीको सहयोगमा
वि.सं.२०७७ साउन २८ बुधवार १७:५९ मा प्रकाशित
























