back
CTIZAN AD

नेपालमा आजपनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ९१ पुग्यो

वि.सं.२०७७ साउन २८ बुधवार

735 

shares

२८ साउन, काठमाण्डौं । नेपालमा आजपनि कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज मृत्यु भएकामा काठमाण्डौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाण्डौं महानगरपालिका १२ टेकुकी ७८ वर्षीया १ महिलाको साउन २८ गते बिहान १ः१५ मा मृत्यु भएको छ ।
उनको किष्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

धादिङको निलकण्ठ नगरपालिका वडा नं १४ का ३२ वर्षीय पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
धनुषाको जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको साउन २८ गते मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

धनु्षा जनकपुर उपमहानगरपालिका वडा नं ८ की ३८ वर्षीया महिलाको साउन २८ गते पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ भने सप्तरीको डाकनेश्वरी नगरपालिका वडा नं ८ घर भई राजविराज नगरपालिका वडा नं ६ सिराहा रोड बस्ने ७२ वर्षीय पुरुषको पनि साउन २७ गते राति मृत्यु भएको छ ।

त्यसैगरी मोरङको बुढीगंगा गाउँपालिका वडा नं २ गंगाचोक निवासी ५५ वर्षीय पुरुषको साउन २८ गते विहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा निवासी ४२ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको हो । उनको बुटवल कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

बाराको कलैया उपमहानगरपालिकाका ७५ वर्षीय पुरुषको साउन २८ गते किष्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा मृत्यु भएको हो ।
आज मृत्यु भएको पृष्टि भएका ८ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

नेपालमा आज पनि कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ८३ पुग्यो

वि.सं.२०७७ साउन २८ बुधवार १७:५१ मा प्रकाशित

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...