back
CTIZAN AD

नेपालमा आज पनि कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ८३ पुग्यो

वि.सं.२०७७ साउन २७ मंगलवार

936 

shares

२७ साउन काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा धनुषाका २ जना तथा काभ्रे र सिन्धुपाल्चोकका १÷१ जना गरी चारजनाको मृत्यु भएको पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज मृत्यु पुष्टि भएकामा धनुषा विदेश नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको साउन २६ गते राति १० बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ ।

धनुषाकै मिथिला बिहारी नगरपालिका वडा नं ५ का क्यान्सर अस्पताल जनकपुरमा कामगर्ने ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको छ ।

त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका वडा नं १ का ५० वर्षीया महिलाको साउन २७ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ४ का ८४ वर्षीय पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट आज मृत्यु भएको पुष्टि भएका ४ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

कोरोना संक्रमणबाट आज काठमाडौँका २ सहित ४ जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

वि.सं.२०७७ साउन २७ मंगलवार १७:५२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...