back
CTIZAN AD

कोरोना संक्रमणबाट आज काठमाडौँका २ सहित ४ जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

वि.सं.२०७७ साउन २६ सोमवार

822 

shares

२५ साउन काठमाण्डौं । नेपालमा आज काठमाडौंका २ सहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) मृत्यु भएको पुष्टि भएकामा काठमाण्डौंका २, पर्साका १ र बाँकेका १ गरी ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बाँकेको कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा साउन २५ गते दिउँसो मृत्यु भएको छ ।

साउन २३ गते अस्पतालमा भर्ना भएकी उनमा उच्च रक्तचापको समस्या रहेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यसैगरी पर्साको वेदियादी गाउँपालिका १५ की ४५ वर्षीया एक महिलाको साउन २५ गते विहान ४ बजे नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै काठमाण्डौं महानगरपालिका १० मध्यवानेश्वरका ७६ वर्षीय एक पुरुषको साउन २६ गते विहान मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौंकै किर्तिपुर नगरपालिका ट्याङलाफाँटका ६४ वर्षीय पुरुषको पनि साउन २६ गते बिहान मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

आज मृत्यु भएको पुष्टि भएका ४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

कोरोना संक्रमणबाट आज २० वर्षीया युवतीसहित दुईको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

वि.सं.२०७७ साउन २६ सोमवार १७:१८ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...