back
CTIZAN AD

ओली सरकारको निर्णय समस्यामा, सुशील भट्टलाई काम गर्न रोक लगाउने उच्चको आदेश

वि.सं.२०७७ साउन २७ मंगलवार

831 

shares

काठमाडौं । पाटन उच्च अदालतले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई तत्काल काम गर्न नदिन आदेश दिएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमाथि मंगलबार सुनुवाई गर्दै अदालतले तत्काल काम गर्न नदिन आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाउने आदेश गरेको हो ।

‘‘मन्त्रिपरिषद्को साउन १९ गतेको सो निर्णय कार्यान्वयन नगर्नु नगराउनू, जे अवस्थामा छ सोही अवस्थामा राख्नू’, आदेशमा भनिएको छ । उच्च अदालतले आगामी साउन ३२ मा अर्को पेशी तोकेको छ ।

अधिवक्ता भुजेलले सोमबार भट्टको नियुक्ती बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । भुजेलले रिटमा भट्टको नियुक्ती कानूनसम्मत नभएको र उनको योग्यता नपुगेको दाबी गरेका थिए ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो । अर्थमन्त्री डा। युवराज खतिवडा नेतृत्वको छनौट समितिले उनको नाम सिफारिस गरेको थियो ।

सरकारले भट्टलाई नियुक्ती गर्ने निर्णय गरेसँगै निर्णय भने विवादमा तानिएको छ । सत्तारुढ नेकपाकै नेताहरुले पनि सरकारको निर्णयप्रति आक्रामक रुपमा असहती जनाएका छन् । विवादास्पद छविका भट्टकाे नियुक्तीप्रति विपक्षी दलहरुले पनि प्रश्न उठाएका छन् ।

सम्बन्धित समाचार

सुशील भट्टको नियुक्तिविरुद्व उच्च अदालतमा रिट दायर

विवादास्पद छविका सिइओ भट्टको नियुक्ती खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग (विज्ञप्तीसहित)

वि.सं.२०७७ साउन २७ मंगलवार १७:३२ मा प्रकाशित

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...