back
CTIZAN AD

ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जना संक्रमित थपिए

वि.सं.२०७७ साउन २७ मंगलवार

894 

shares

२७ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १३२ सहित ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी काठमाण्डौंमा ११० जना थपिएका छन् भने ललितपुरमा १३ र भक्तपुरमा ९ जना थपिएका छन् ।

त्यसैगरी पर्सामा ७०, सुनसरीमा ४३, सर्लाहीमा ४० मोरङमा ३८, बारामा ३१, बाँकेका २८, धनुषामा २४, रुपन्देहीमा २३, रौतहटमा १८ जना र उदयपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका १, झापाका ८, मोरङका ४, सिराहाका ३, सुनसरीका ३२ र उदयपुरका ७ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २, उदयपुरका ८, मोरङका ३८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा धनुषाका १८, महोत्तरीका १०, सिरहाका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका ८, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका ४, पर्साका ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका ४, धादिङका ५, गोर्खाका १, काठमाण्डौंका २८, ललितपुरका १ र नुवाकोटका २, सर्लाहीका ३४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा बाराका ४, भक्तपुरका २, दाङका १, काठमाण्डौंका २०, पर्साका १, रौतहटका २ र सर्लाहीका २ जनामा संक्रमण भेटिएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ३, कपिलवस्तुका १, रुपन्देहीका ९,किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका २०, रौतहटका १५ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका ४ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १, काठमाण्डौंका ८ जना, ललितपुरका ८, महोत्तरीका १, मकवानपुरका १, रौतहट र सर्लाहीका १\१ जना, विर अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका १, धादिङका १, काठमाण्डौंका ३, महोत्तरीका १, रुपन्देहीका १ र सर्लाहीका १ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा बाँकेका १, भक्तपुरका १, दार्चुलाका १, धादिङका ३, धनुषाका ४,कास्कीका १, काठमाण्डौंका १३ जना, खोटाङका १, ललितपुरका १, नुवाकोटका १, सर्लाहीका १ र पर्साका २, सिराहा १ र स्याङजाका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा काठमाण्डौंका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका १४ जना, ललितपुर र रौतहटका १\१ जना, विद प्रयोगशाला काठमाण्डौंमा बाराका ११, काठमाण्डौंका २, ललितपुरका २ जना, काठमाण्डौं मेडिकल कलेजमा काठमाण्डौंका २ जना, ह्याम्स अस्पतालमा कपिलवस्तुका १, काठमाण्डौंका ८, ललितपुरका १, पर्सा र सर्लाहीका १÷१ जना, नेपाल कोरिया मैत्री अस्पतालमा बाँकेका १, भक्तपुरका १, धनुषाका १, काठमाण्डौंका ४ र रोल्पाका १ जना, विरेन्द्र अस्पतालमा काठमाण्डौंका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४, बाग्लुङ र तनहुँका २\२ जना, नेशनल प्याथल्यावमा नवलपरासीका १m रुपन्देहीका १५ जना, कपिलवस्तुका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका ६, कपिलवस्तुका २, प्युठानका १०, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा अछामका १, अर्घाखाँचीका १, बाँकेका २७, दाङका ७, धादिङ, इलाम, जाजरकोट, कालिकोट र दोलखाका १\१ जना, ललितपुरका २, ओखलढुंगाका २, पाँचथरका १, पर्वतका २, रामेछापका १, रौतहटका १, रुकुमपश्चिमका १, सप्तरीका २ र सिन्धुपाल्चोकका १, सिराहाका १, सुनसरीका १, सुर्खेतका २, उदयपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका १३, नवलपरसीका १, प्युठानका ७ र रुपन्देहीका २ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका २, धनुषाका १, सल्यानका २, सर्लाहीका १, सुर्खेतका ३ जना, दैलेख प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका १ जना गरी जम्मा ६३८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ६३८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २३ हजार ९४८ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ४४ सहित ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३,३१० पुग्यो

 

वि.सं.२०७७ साउन २७ मंगलवार १७:१३ मा प्रकाशित

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...