२७ साउन, काठमाडौं । मंगलबार सेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । समग्रमा नेप्सेमा ६.६१ अंकले गिरावट आउँदै २४२३.८१ अंक कायम भएको छ । समग्रमा बजारमा गिरावट भए पनि ४० कम्पनीको परिसूचक भने हरियो नै देखिएको छ । २ दिन लगातार बढेको नेप्से तेस्रो दिन भने सामान्य अंकले घटेको हो ।
नेप्से ओरालो लागे पनि करोबार रकम भने राम्रो भएको छ । आज कूल सूचिकृत कम्पनीमध्ये १९० कम्पनीको कारोबारमा १ अर्ब २७ करोड १७ लाख ४२ हजार ८७४ रुपैंयाँ बराबरको करोबार भएको छ भने ती करोबारमा २५ हजार ७७२ पटक लेनदेन भएको नेप्सेले जनाएको छ ।
आज कारोबार भएकामध्ये संयुक्त लगानीकोष बाहेक सबै ११ वटै उपसूचक समूहको परिसूचक ओरालो लागेको छ । होटल, जीवन बीमा र लघुबित्त उपसूचक समूहका लगानीकर्ताहरु सबैभन्दा धेरै गुमाउनेमा परेका छन । कारोबार भएकामध्ये १०५ कम्पनीका लगानीकर्ताले गुमाएका छन भने २४ कम्पनीको करोबार स्थिर रहेको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार १७:१३ मा प्रकाशित


























