back
CTIZAN AD

विवादास्पद छविका सिइओ भट्टको नियुक्ती खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग (विज्ञप्तीसहित)

वि.सं.२०७७ साउन २७ मंगलवार

834 

shares

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको नियुक्ती खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले माग गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले एक प्रेस विज्ञप्ती जारी गर्दै नियुक्ती खारेजीको माग गरेका हुन् ।

उनले विज्ञप्तीमा कालोसूचीमा परेका अन्तराष्ट्रिय कम्पनीहरुको एजेन्टको रुपमा काम गरि बदनाम भएका व्यक्तिलाई नियुक्ती गरिनु आपत्तिजनक भएको बताएका छन् । सुशासनका माध्यमबाट आर्थिक समृद्धि ल्याउने घोषणा गरेको सरकारले भट्टजस्ता विवादित व्यक्तिलाई लगानी बोर्डमा ल्याउनु विरोधाभासपूर्णं भएको रेग्मीको भनाई छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विज्ञप्तीमार्फत भट्टको नियुक्ती खारेज गर्दै स्वच्छ र निष्कलंकीत पात्रलाई लगानी बोर्डमा ल्याउन माग गरेको छ ।

यसअघि सोमबार मात्रै नियुक्ति बदरको माग गर्दै अधिवक्ता जयबहादुर भुजेलले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनले रिटमा बोर्डको सीईओ बन्न भट्टको योग्यता नपुगेको दाबी गरेका छन् ।

गत साउन १९ मा बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको छनौट समितिले उनको नाम सिफारिस गरेको थियो ।

भट्टको नियुक्तीप्रति सत्तारुढ नेकपाकै नेताहरु असन्तुष्ट छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्ती लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टीसमेत जनाएका थिए ।

यस्तो छ ट्रान्सपरेन्सी नेपालको विज्ञप्ती

सम्बन्धित समाचार

सुशील भट्टको नियुक्तिविरुद्व उच्च अदालतमा रिट दायर

वि.सं.२०७७ साउन २७ मंगलवार १४:१९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...