back
CTIZAN AD

पूराना इतिहासलाई वर्तमान राष्ट्रियतामा बाँध्न खोज्नु मूर्खता हो

वि.सं.२०७७ साउन २७ मंगलवार

867 

shares

जुन बेला विश्वका कुन भूगोल कहॉ कस्तो थियो पत्तै थिएन त्यो बेलाको कुरा गरेर तेरो राम र मेरो राम, तेरो बुद्ध र मेरो बुद्ध भन्दै तिघ्रा ठटाउने मूर्खहरूको पछि लाग्नेहरू महामूर्ख मात्र हैन बहुला पनि हुन् ।

सगरमाथाको चुचुरो चढेर जब हिलारी र तेन्जिङ शेर्पा काठमाण्डौँको एयरपोर्टमा ओर्लिएका थिए, नेपालीहरू एयरपोर्टमा भीड लागेर हाम्रो तेन्जिंङ हाम्रो तेंजिङ भन्दै उनलाई समातेर लतार्दै जयजयकार गर्न लागे जसलाई देखेर तेन्जिङलाई एकदम अप्ठेरो मात्र हैन लाज पनि लागेको थियो। सगरमाथा चढ्ने दुबै जना हिलारी र तेंजिङ थिए, तर नेपालीलाई तेंजिङ मात्रको मतलब थियो। नेपालीले सगरमाथा चढ्ने टिम हुन्छ र चढ्ने डोरीमा एकजना अगाडी र एकजना पछाडी हुन्छ नै भन्ने तथ्यलाई मतलब नगरी तेंजिङले पहिला चुचुरो टेकेको हो भन्दै हो-हल्ला गरिरहेका थिए।
त्यस्तै भारतले पनि तेजिङ भारतीय हो भन्दै गर्व गरिरहेको थियो। तेंजिंग भारतको दार्जिलिंगमा माउन्टिनियरिंग संस्था खोलेर जिवनपर्यन्त चीफ बनेर चलाई रहे ।

काठमाण्डौँमा ओर्लिएपछि पत्रकारहरूले दुबै जनालाई हैरान पारेर सोधिरहेका थिए, भन्नुस् कसले पहिला चुचुरोलाई टेकेको होरु दुबैजनाले त्यसको जवाफ दिदैन थिए। उनीहरूलाई पहिल्यै अनुमान थियो , यस्तै बेतुके प्रश्नहरू हामीलाई सोधिने छन्, त्यसैले यसबारे केही हामीले बोल्ने छैनौँ भनेर आपसमा बाचा गरेका थिए। र त्यो रहस्य तिनले कतै खोलेनन्। हिलारीको निधनपछि, दशकौँपछि विश्वका अधिकाँश सबै ३ दर्जन प्रमूख अन्तर्राष्ट्रिय भाषा बोल्न सक्ने तर निरक्षर तेन्जिङले कसले पहिला चुचुरीमा खुट्टा टेकेको थियो एकदिन त्यसको रहस्य पनि खोले।

उनले एक दिन भने, ‘चुचुरोको यात्रा एउटै डोरीबाट हुन्छ, डोरीमा कोही अघि र कोही पछि हुन्छ, संगै हुनै सक्दैन। तथ्य यो हो। हामी जहॉ जहॉ पुग्थ्यौँ हामीलाई कसले पहिले पाईला टेक्यो भन्ने प्रश्न उठिरहन्थ्यो र अहिले पनि उठिरहेको छ। आज म त्यो रहश्य पनि खोलिदिन्छु।’
डोरीमा अगाडी हिलारी थिए किनकि उनी नै टोली नेता थिए। चुचुरो हाम्रो टिमले संगै टेक्यौँ। कुरा बुझ्नु भयो ?

आइन्स्टाईनले एटम बम बनाए, थियरी अफ रिलेटीभिटीको नियम खोज गरे, यसैले उनलाई अमर र युगान्तकारी बैज्ञानिक बनायो। प्रशिद्धि बढ्दै गएपछि अमेरिकनले उनलाई अमेरिकन भन्थे, जर्मनीले उनलाई जर्मन भन्थे। ईजरायलले यहुदी भन्थ्यो, मेरो तेरोको तानातान हुन्थ्यो। ईजरायलले त आईन्स्टिनलाई राष्ट्रपति बनिदिन अनुरोध पनि गर्यो।

आईनस्टिनले आफूलाई राष्ट्रमा कहिल्यै सीमित राखेनन्, उनी विश्व नागरिक बनिरहे। जब तपाईको राष्ट्रियता के हो भनेर सोधिन्थ्यो। आईनस्टिनले भन्ने गर्थे, म अहिले प्रशिद्ध र सफल छु त्यसैले मलाई सबैले मेरो मेरो भनेका हुन्। यदि म खराब वा बद्नाम सिद्ध भएको भए तेरो तेरो भन्ने थिए। अमेरिकनले जर्मन र जर्मनीले अमेरिकन भन्ने थियो।

सफल, सयौँ वर्षसम्म सदा पुजनीय ब्यक्तिलाई सबैले मेरो मेरो भन्न चाहन्छ। उ समस्त मानवजातिको हुन्छ। यसरी नै हो अमर बनिने जब सबैले मेरो भन्न थाल्छ। सफलताका अनेकौ मातापिता हुन्छन्।

महामानवहरू समस्त मानव जातिको धरोहर हुन्छ, उ कसैको सिमामा बॉधिदैन। स्वार्थीहरूले हो बाध्न खोज्ने। स्वार्थीमध्ये निकृष्ठतम् राजनीति हुन्छ।

को नेपाल को गैरनेपाली ?
सीता नेपालीरु उनी नेपाल छाडेर अयोध्या गइन्।
अरनिको नेपालीरु उनी चीन गए।
भृकुटी नेपालीरु उनी तिब्बत गईन्।
बलभद्र नेपालीरु उनी पंजाबको सेनापति बनेर अफगानिस्तानमा बिरगति पाए।
तेन्जिङ शेर्पा नेपालीरु उनी विश्व माउन्टेनियरिंग एक्स्पेडिशन ईन्स्टिच्यूट खोली चिफ बनेर जिवनपर्यन्त दार्जिलिङमा बसे।
बुद्ध नेपालीरु उनी जिवनपर्यन्त भारतको बोधगयामा ज्ञान पाए, सारनाथबाट ज्ञान प्रचार सुरू गरे र कुशीनगरमा निर्वाण प्राप्त गरे।
पृथ्वीनारायण शाह नेपाली ? उनी गोरखा छाडेर काठमाण्डौँ बसाई सरे।

इतिहासलाई राष्ट्रियतामा बॉध्न खोज्नेहरूको पछि लागेर हामी पटमूर्ख किन बनिरहनेरु इतिहास जसले रचे ती सदा स्तुत्य हुन्। हाम्रो भूमिमा जन्मे पनि वा नजन्मे पनि, बाहिर जन्मेर हाम्रो भूमि टेके पनि।

हालका भुटानका राजा काठमाण्डौँमा जन्मेका हुन् । के त्यसैले उनी हाम्रा राजा हुन् भन्न मिल्छ रु संकीर्ण सोच अरूले गर्न मिल्ने हामीले गर्न किन नमिल्ने भन्दै हिड्ने हो र ?

वि.सं.२०७७ साउन २७ मंगलवार १३:५४ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...