back
CTIZAN AD

कोरोना महामारीमा कोरिया सरकारले प्रवासीहरुप्रति अपनाएको नीति

वि.सं.२०७७ साउन २७ मंगलवार

1.1K 

shares

प्रवासीहरु सधै कोरियन सरकारको भेदभाब पूर्ण नीतिको सिकार भई भैराखेका छन । लामो समयदेखि हामीले समान नीति अवलम्बन गर्नु पर्छ भनि माग गरिरहेको छौ भने सरकारले हाम्रो माग प्रति ध्यान नदिई रहेको अवस्था छ । प्रवासी श्रमिक सम्बन्धि नीति होस् वा कोरोना सम्बन्धि नीति होस कोरियन सरकारले कुनैमा परिबर्तन गरेको छैन प्रवासी श्रमिक जहिले पनि पिडित हुनु पर्छ जस्तो सुकै नीति भए पनि सहनु पर्छ भन्ने मान्यता राख्दछ कोरियन सरकार शब्दमा प्रवासी, श्रमिकलाई भेदभाब गरेको छैन समान नीति लागु गरेको छ भने ब्यबहारमा त्यसो छैन ।

अहिले बिश्व कोरोना भाइरसको माहामारिको सामना गरिरहेको छ । कोरोना भाइरसबाट संक्रमित मानिस नभएको देश नगन्य छ विश्वभरी १ करोड भन्दा बढी संक्रमित भएको छन भने ७ लाख भन्दा बढीले ज्यान गुमाई सकेको छन यो कोरोना भाइरसको प्रभाब दक्षिण कोरियामा पनि परेको छ कोरियामा १४ हजार भन्दा बढी संक्रमित छन् भने ३ सय भन्दा बढीले ज्यान गुमाई सकेको छन ।

कोरियामा प्रवासीहरु २३ लाख भन्दा बढी छ भाइरसले कसैलाई भेदभाब गर्दैन प्रवासीहरु पनि कोरोना भाइरसबाट संक्रमित छन । यसबाट पिडित छन भाइरसको संक्रमण बढेसगै कोरियन सरकारले सतर्कता अपनाउन थाल्यो सामाजिक दुरी कायम गर्न आदेश दियो यस्तो महामारी पहिलो पटक सामना गर्नु परेको हुनाले संक्रमितको उपचार सहज थिएन । सुरक्षाको सामग्री मास्को अभाब खड्कियो कोरियन सरकारले आफ्नो नागरिकलाई सकेको ब्यबस्था गर्यो तर प्रवासीहरुको हकमा त्यसो भएन अरु समयमा त प्रवासीहरु माथि भेदभाब थियो नै यो महामारीमा पनि सरकारको प्रवासी माथि भेदभाब पूर्ण व्यवहार, नीति कायम रह्यो । सरकारले आफ्नो नागरिक र प्रवासीहरुलाई गर्ने व्यवहार बिल्कुल फरक पाइयो प्रवासीहरु प्रति भेदभाब पूर्ण नीति लागु गरियो ।

प्रवासी श्रमिकले भाइरस फैलाउछ भनि उनीहरुलाई कम्पनिबाट बाहिर जान दिईएन अझै पनि बाहिर निस्कन नपाएको प्रवासी श्रमिकहरु धेरै छन ।

शुरुमा प्रवासीहरुलाई सरकारले आधिकारिक रुपमा बिक्रि गर्ने मास्क किन्नबाट बन्चित गरायो प्रवासी श्रमिक युनियन लगायतले यसको घोर बिरोध गरे पछी केहि समय पछी बिदेशी परिचय पत्र हुनेलाई मास्क किन्न पाउने व्यवस्था गर्यो प्रवासीहरुलाई भाइरस फैलाउने माध्यमको रुपमा हेर्दै घृणा गर्न थालियो कतिलाई सवोना लगायतको ठाउँमा प्रबेश निषेध गरियो प्रवासी श्रमिकलाई जागिरबाट निस्कासन गरियो सेवा क्षेत्रमा काम गर्ने प्रवासी श्रमिक धेरै निस्कासनमा परे जसले रोजगारी गुमाए उनीहरुलाई आफ्नो दैनिकी चलाउन ज्यादै गार्हो भई रहेको छ । बिना भिषा बसोबास गरिरहेको प्रवासी श्रमिकहरु कोरोना भाइरस जाच गराउनबाट बन्चित गराइयो निरन्तरको दबाब पछी बिना भिषाको प्रवासी श्रमिकले पनि भाइरसबाट संक्रमित भएको नभएको जाच गराउन पाउने बनायो प्रवासीहरु कोरोना जाच गराउन गएमा स्वदेश फिर्ता नपठाउने व्यवस्था गरियो तर यसलाई विश्वास गर्ने प्रवासीहरु कमै छन । प्रवासी श्रमिकले भाइरस फैलाउछ भनि उनीहरुलाई कम्पनिबाट बाहिर जान दिईएन अझै पनि बाहिर निस्कन नपाएको प्रवासी श्रमिकहरु धेरै छन । कोरियन श्रमिक चाही जुनसुकै समयमा पनि आवत जावत गर्न पाउने छन । यसको अर्थ के हो भने प्रवासी मजदुरले मात्र भाइरस फैलाउछ भन्ने हो यो गम्भीर भेदभाब हो कम्पनिमा श्रमिकलाई वितरण गरिने मास्कमा पनि त्यस्तै भेदभाब गरिएको छ कोरियन श्रमिकलाई दिनको १ वोटा मास्क दिने तर प्रवासी श्रमिकलाई हप्तामा १ वोटा दिने गरिएको थियो धेरै कम्पनीमा त प्रवासी श्रमिकलाई मास्क नै दिईदैन ।

कोरियन सरकारले कोरोना भाइरसबाट पिडित नागरिकलाई प्रकोप राहत दिने निर्णय गर्यो तर यो राहत प्रवासीहरुले नपाउने भनि घोषण गर्यो यो राहत पाउनबाट प्रवासीहरुलाई बन्चित गराइयो प्रवासीहरुलाई भेदभाब गरियो तर कोरियन सरकारले प्रवासी श्रमिकहरु लगायतबाट सबै करहरु असुल गर्ने गरेको छ । प्रवासीहरुले कोरियन सरकारले तोकेको आय कर लगायत सबै कर अनिबार्य बुझाउनु पर्नेछ प्रवासी श्रमिकले कोरियाको अर्थतन्त्रमा ठुलो टेवा पुर्याएको छ कोरियन श्रमिकले गर्न नचाहने गार्हो ,फोहोरी ,खतरनाक काम प्रवासी श्रमिकले गरिरहेको छ प्रवासी श्रमिकलाई स्वइच्छाले कार्य स्थल परिबर्तन गर्न पनि दिएको छैन आफ्नो अधिकारलाई मान्यता दिएको छैन तर पनि प्रवासी श्रमिकले आफुले पुरा गर्नु पर्ने कर्तव्य कोपालना गर्दै आई रहेको छ प्रकोपको बेला कोरियन सरकारले प्रवासीहरु माथि भेदभाब गरि राखेको छ ।अन्तिममा आएर प्रवासी श्रमिक युनियन लगायतको दबाबको कारण सउल नगर र ख्यंगी प्रोभिन्स्सले प्रवासी श्रमिक र स्थाई बसोबास गर्ने प्रवाशिलई कोरोना प्रकोप राहत दिने निर्णय गर्न बाध्य भयो तर केन्द्र सरकारले भने अहिलेसम्म कुनै निर्णय गरेको छैन प्रवासी श्रमिकको कम्पनीले रोजगार बिमा नगरी दिने भएकोले उनीहरुलाई बेरोजगार भत्ता पाउनबाट बन्चित गराइयो त्यसले गर्दा पनि निस्कासन भएको श्रमिकहरुले आफ्नो दैनिकी चलाउन ज्यादै गार्हो भई रहेको छ ।

प्रवासीहरु सधै कोरियन सरकारको भेदभाब पूर्ण नीतिको सिकार भई भैराखेका छन । लामो समयदेखि हामीले समान नीति अवलम्बन गर्नु पर्छ भनि माग गरिरहेको छौ भने सरकारले हाम्रो माग प्रति ध्यान नदिई रहेको अवस्था छ । प्रवासी श्रमिक सम्बन्धि नीति होस् वा कोरोना सम्बन्धि नीति होस कोरियन सरकारले कुनैमा परिबर्तन गरेको छैन प्रवासी श्रमिक जहिले पनि पिडित हुनु पर्छ जस्तो सुकै नीति भए पनि सहनु पर्छ भन्ने मान्यता राख्दछ कोरियन सरकार शब्दमा प्रवासी, श्रमिकलाई भेदभाब गरेको छैन समान नीति लागु गरेको छ भने ब्यबहारमा त्यसो छैन हामीले यदि कोरियन सरकारको भनाईलाइ मात्र सुन्ने हो भने हामी गलत साबित हुनेछौ । कोरियन सरकारको दुई रुप छन भन्ने कुरा हामीले बिर्सनु हुदैन । त्यसकारण तपाइँ हामी प्रवासीहरु सजग हुन जरुरी छ । कोरियन सरकारले प्रवासी श्रमिकलाई गर्ने व्यवहार, नीति नियम चाडो भन्दा चाडो परिबर्तन गर्नु पर्नेछ । प्रवासीहरुले अब सहेर बस्नेवाला छैन हामीले चाहेको समान व्यवहार हो समान नीति हो । सरकारले यसलाई बेवास्ता गर्नु हुदैन ।
(राई प्रवासी श्रमिक युनियन द. कोरियाका अध्यक्ष हुन् )

वि.सं.२०७७ साउन २७ मंगलवार १३:४४ मा प्रकाशित

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...