back
CTIZAN AD

गोंगबु विभत्स हत्या : प्रहरी अनुसन्धानले भेटिए यस्ता तथ्य

वि.सं.२०७७ साउन २७ मंगलवार

783 

shares

काठमाडौं । प्रहरीले काठमाडौं गोंगबुमा भएको विभत्स हत्याका बारेमा धेरै तथ्यहरु फेला पारेको छ । महानगरीय अपराध महाशाखाले जनाएअनुसार मृतक कृष्णबहादुर बोहरा र अभियुक्त कल्पना मुडभरी (पौडेल) फेसबुकमार्फत चिनाजानी भई तीन÷चार वर्षदेखि सम्बन्धमा थिए ।

तथ्यमा खुल्न आएअनुसार मृतकले पौडेलको फेक फेसबुक आईडी खोली चलाउने गरेको र आफुँ अनुकुल दबाब दिने गरेका थिए । अनुसन्धानअनुसार घटनाको कारण आर्थिक लेनदेन पनि देखिएको छ ।

घटनाको दिन पनि मृतक बोहोरा होटलबाट ७२ प ५६४४ नम्बरको स्कुटी प्रयोग गरि पौडेलको कोठामा पुगेका थिए । अनुसन्धानमा खुलेअनुसार पौडेलले मृतकलाई हत्याको दिन दही, चिउरा, मासु र भोड्का रक्सी खान दिएकी थिइन् ।

मृतकलाई रक्सी खुवाएपछि पौडेलले हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । घटना स्थलमा भेटिएका प्रमाणअनुसार मृतकलाई स्लिपिङ ट्याबलेटसमेत खुवाइएको हुनसक्ने सम्भावना छ ।

हत्यापश्चात शव व्यवस्थापनमा पौडेलले आफ्नी १० कक्षामा पढ्दै गरेकी छोरीको समेत मद्दत लिएको प्रहरी अनुसन्धान बताउँछ ।

प्रहरीले जनाएअनुसार मृतकलाई हिर्काउन हम्मरको प्रयोग गरिएको थियो भने शवलाई टुक्र्याउन धारिलो हतियारको प्रयोग भएको थियो । प्रहरीले उल्लेख गरेअनुसार हत्या गर्न नाम्लो, सल र डोरीको समेत प्रयोग भएको भेटियो ।

प्रहरीले धारिलो हतियार, हम्मर, घाँटी कस्न प्रयोग भएको सल, नाम्लो, स्लिपिङ ट्याबलेटको खोल र केही मोबाइल सेट बरामत गरेको छ ।

अनुसन्धानले बताएअनुसार हत्या पश्चात पौडेलले मतृकको शव व्यवस्थापन गरि आफुँ चिनेजानेको व्यक्तिको एम्बुलेन्समार्फत माईतीघर चितवन पुगेकी थिइन् । उनि शव व्यवस्थापन लगत्तै चितवन पुगेकी थिइन् । चितवन प्रहरीको समन्वयन उनलाई शक्तिखोर–९, कालिका न.पा. चिवतवनबाट पक्राउ गरिएको हो ।

आइतबार बिहान टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा शवको टुक्रा भेटिएको थियो । झोलामा रगत लतपतीएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

टुक्रा–टुक्रामा भेटिएको शव कसको हो भन्ने प्रहरीले छुट्याउन सकेको थिएन । प्रहरीले शव पहिचान गर्न नसकेपछि फोटोसमेत सार्वजनिक गरेको थियो । उक्त घटनाको विषयमा मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरि अभियुक्त र घटनाबारे सार्वजनिक गरेको हो ।

सम्बन्धित समाचार

गोंगबु हत्याका आरोपीलाई गरियो सार्वजनिक, पक्राउ आरोपी टेलिसिरियलकी कलाकार

वि.सं.२०७७ साउन २७ मंगलवार १३:१६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...