back
CTIZAN AD

विश्वभरमा एकै दिनमा २ लाख भन्दा बढि कोरोना मुक्त, निको हुनेको संख्या १ करोड ३० लाख नाघ्यो

वि.सं.२०७७ साउन २७ मंगलवार

777 

shares

२७ साउन, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गईरहेको छ । सोमबार विश्वभरमा २ लाख भन्दा बढि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन ।

सोमबार विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या २ लाख २२ हजार १ सय २७ रहेको थियो । यससँगै विश्वभरमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ करोड ३१ लाख ९० हजार ५ सय १८ पुगेको छ ।

त्यसैगरी सोमबार नै विश्वभरमा २ लाख १६ हजार ३ सय ८९ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने कोरोना संक्रमणबाट ४ हजार ५ सय ८१ को जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ कारोड २ लाख ५९ हजार ५ सय ७९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेकोे संख्या ७ लाख २९ हजार २ सय १२ रहेको छ ।

अहिले पनि विश्वभरमा ६३ लाख २९ हजार ८ सय ४९ जना कोरोना संक्रमित अवस्थामै रहेका छन ।

अमेरीका र ब्राजिलमा मात्रै ८३ लाख ८ हजार ९ सय १६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने यसको प्रकोपबाट यी दुई देशमा मात्र २ लाख ६८ हजार ४९ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ साउन २७ मंगलवार १३:१२ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...