back
CTIZAN AD

गोंगबु हत्याका आरोपीलाई गरियो सार्वजनिक, पक्राउ आरोपी टेलिसिरियलकी कलाकार

वि.सं.२०७७ साउन २७ मंगलवार

711 

shares

काठमाडौं । प्रहरीले दाङका कृष्णबहादुर बोहराको हत्या आरोपीलाई सार्वजनिक गरेको छ । काठमाडौंको टोखा नगरपालिका वडा नं. १० स्थित गोंगबुमा भएको विभत्स हत्याका आरोपीलाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रहरीले ३७ वर्षीया कल्पना मुडभरी (पौडे)लाई उक्त हत्या आरोपमा पक्राउ गरि सार्वजनिक गरेको हो । प्रहरीले उनलाई चितवन कालिका नगरपालिका ९ शक्तिखोर स्थित माइतीबाट पक्राउ गरेको थियो ।

प्रहरीले जनाएअनुसार पक्राउ परेकी पौडेल कलाकार हुन् । उनले विभिन्न टेलिचलचित्रमा अभिनय गरेकी छिन् ।

प्रहरीले कल्पनासँगै उनको छोरीलाई पनि पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आशंकामा कक्षा १० मा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको हो ।

प्रहरीले जनाएअनुसार मृतक विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएका थिए । मृतक बोहरो र कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएको थियो ।

हत्यासँगै कल्पना एम्बुलेन्समार्फत माईतीघर चितवन पुगेकी थिइन् ।

आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा शवको टुक्रा बरामद भएको थियो । झोलामा रगत लतपतीएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

टुक्रा–टुक्रामा भेटिएको शव कसको हो भन्ने प्रहरीले छुट्याउन सकेको थिएन । प्रहरीले शव पहिचान गर्न नसकेपछि फोटो सार्वजनिक गरेको थियो ।

वि.सं.२०७७ साउन २७ मंगलवार १२:१३ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...