back
CTIZAN AD

टिचिङ अस्पतालको खाताबाट कसले गायब पार्यो १८ करोड रुपैयाँ ?

वि.सं.२०७७ साउन २९ बिहीवार

756 

shares

२९ साउन, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जको खाताबाट १८ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ ।

अस्पतालको विभिन्न बैंकमा रहेका खाताबाट  रकम हिनामिना भएको बारेमा महालेखाले अस्पतामाथि प्रश्न उठाएको छ ।

अस्पतालको एक अर्ब बजेटमध्ये ७० प्रतिशत सर्वसाधारण बिरामीको उपचार शुल्कबाट उठ्छ । अस्पतालले विभिन्न बैंकमा राखेको ९८ करोड २७ लाख ७५ हजार मौज्दातमध्ये लगभग १८ करोड (१७ करोड ९४ लाख ५८ हजार) बैंकमा नभेटिएको महालेखाको ५७ औं प्रतिवेदनमा उल्लेख छ ।

तीन वर्षसम्म लेखापरीक्षण नगरीनु र ठुलो रकम खाताबाट गायब हुनुले महालेखापरीक्षणले हिनामिना भएको हुनसक्ने आशंका गरेको छ । महालेखापरीक्षणले प्रश्न उठाएपछि त्रिभुवन विश्वविद्यालयले यसको छानबिन कार्यलाई अगाडि बढाएको बिहीबारको नयाँ पत्रिकामा समाचार छ ।

अस्पतालको अभिलेखमा हिमालयन बैंक, नबिल बैंक लिमिटेड लगायत नेपाल बैंक लिमिटेडमा रहेका पाँचवटा खातामा अस्पतालले भनेअनुसार रकम मौज्दात नभेटिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यति ठुलो रकम गायब भएको विषयमा त्रिभुवन विश्वविद्यालयका अधिकारीहरु पनि आश्चर्यमा परेका छन् । अस्पतालको रेकर्डमा बैंकमा जम्मा गरेको उल्लेख गरेर अनियमितता गरिएको हो वा कर्मचारीमा लेखाको ज्ञान नभएर समस्या देखिएको हो भन्ने विषयमा छानबिन गर्ने तयारी गरेको छ ।

त्रिविले शिक्षण अस्पताललाई यस विषयमा स्पष्टिकरण सोधिसकेको छ । बैंकमै जम्मा नभएको विषयमा विस्तृत छानबिन नगरी वास्तविकता थाहा हुँदैन, त्रिविका आर्थिक प्रशासन महाशाखा प्रमुख कुमार हुमागाईले भने, ‘अहिले प्रारम्भिक रुपमा स्पष्टीकरण सोधेका हौं । अब समिती बनाएर विस्तृत छानबिन हुन्छ ।’

वि.सं.२०७७ साउन २९ बिहीवार १०:२८ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...