back
CTIZAN AD

बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्किल

वि.सं.२०७७ साउन २९ बिहीवार

600 

shares

२९ साउन, बाजुरा । बाजुराको बूढीगङ्गा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्किल परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकालाई चारैतिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्किल परेको छ ।

स्थान्तरण गर्न भइरहेको ढिलाइका कारण विस्थापितले खुला चौर, सडकमा बास बस्नुपर्ने बाध्यता छ । गौमूलदेखि बडिमालिका नगरपालिका, २ घागर माझिागाउँ र ४ रिला क्षेत्रसम्म करिब २०० बढी परिवार विस्थापित बनेका छन् भने १०० बढीले घर परिवार, जग्गा जमिन सबै गुमाएको जिल्ला प्रहरी कार्यालय बाजुरासँग तथ्याङ्क रहेको छ ।

बाढीले बस्ने घर र खाने जमिन बगाएपछि पाल टाँगेर बसेका विस्थापितले पहिरो नजिकै बास बस्नुपर्ने बाध्यता रहेको बडिमालिका नगरपालिका–२ घागरका करविर नाथको दुखेसो छ । चारैतिरबाट पहिरो बग्ने गरे पनि ओलेनाका १३ परिवार साँफे मार्तडी सडकको बीचमा पाल टाँगेर बास बस्ने गरे पनि सुरक्षित नभएको गुनोसो त्यहाँका स्थानीयको गुनासो छ ।

पहिरो बगिरहेकै स्थान भए पनि अर्को विकल्प नहुँदा आलेनावासी पाल टाँगेर सडकमा बस्नुपर्ने बाध्यता रहेको बडिमालिका ४ का वडाध्यक्ष सुरेन्द्र नाथले बताए । समस्या बडिमालिका २ घागर र भौनेरा, वडा नं ४ ओलेना, तिपाडा र रिला, ६ विरेखोला, पानीनाउला, जडाङ्गा, ८ रापक क्षेत्रलगायत बस्ती बाढी र पहिरोबाट प्रत्यक्ष प्रभावित मात्र छैनन्, पूर्ण विस्थापितको खतरामा रहेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले बताए ।

बालबालिका र महिला तथा वृद्धवृद्धा विचल्लीमा छन् भने घर खेत गुमाएका चिन्ताले नै निराश देखिएका छन् । तत्काल अर्को स्थानमा सार्न सक्ने अवस्था नहुँदा विस्थापित झनै जोखिममा छन् । रात दिन बाढी पहिरो बग्ने क्षेत्रकै छेउमा पाल टाँगेर बस्नुपर्दा उनीहरुले असुरक्षित महसुस गरिरहेका छन् । हालसम्म ३६ परिवारका बस्ने घरसहित भत्किएर पूर्ण विस्थापित छन् भने बाढीकै कारण बडिमालिका नगरपालिका क्षेत्रका १५० बढी परिवार विस्थापित बनेको बडिमालिका नगरपालिकाका प्रमुख बडुवालको भनाइ छ ।

नगर उपप्रमुख कविता विष्ट, प्रमुख प्रशासकीय अधिकृत रंगमल विकसहितको टोलीले बुधबार मात्र विस्थापित क्षेत्रको अनुगमन गरेका छन् । नगरपालिकाका तर्फबाट हालसम्म पालसहित प्रतिपरिवारलाई तत्कालका लागि राहत पनि दिएको बताएको छ ।

१३ परिवार आलेना, सात परिवार तिपाडा, २५ परिवार रिला, छ परिवार जडाङ्गा १६ परिवार घागरका विस्थापितलाई राहतस्वरुप चालम, तेल, नुन र दाल उपलब्ध गराएको छ । घर पूर्णरुपमा बगाएको वा विस्थापित गरेको परिवारलाई प्रतिपरिवार ५० केजी चामल दुई केजी दाल, दुई पोका तेल र दुई पोका नुन उपलब्ध गराइएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले जानकारी दिए ।

केन्द्रमा राजनीतिक दलका नेता तथा सांसद, नगरपालिका, जिल्ला विपद् व्यवस्थापन समितिसहित सहयोगी दाता सबैको पहल जारी रहे पनि बास र गाँसको ग्यारेन्टी नगरिएको गुनासो विस्थापितको छ । शरीरमा लगाउने कपडासमेत नभएको अवस्थामा र दिनरात पानीको झरीमा बस्नुपर्ने बाध्यतालाई राज्यले बुझी दिनुपर्ने माग उनीहरुको छ । बाढी र पहिरोको बीचमा रात बिताउनु पर्दा डरले जागराम बस्नुपर्ने बाध्यता रहेको बाढीबाट विस्थापित कमल नाथले बताएका छन् । रासस

वि.सं.२०७७ साउन २९ बिहीवार १०:३० मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...