२९ साउन, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले स्थगित परिक्षा तथा कार्यतालिका सम्बन्धमा सूचना जारी गरेको छ ।
कोभिड –१९ संक्रमणको महामारीका कारण सबै परिक्षा तथा कार्यतालीका स्थगति गरिएको र लकडाउन खुलेपछि भाद्र महिनाको दोस्रो हप्तादेखि पुनः सञ्चालन हुने निर्णय गरिएपनि हाललाई परीक्षा तालिकाको समय सारिएको कार्यालयले जानकारी दिएको हो ।
कार्यालयका अनुसार साउन २६ गतेको निर्णय अनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् तर्फका परिक्षा सञ्चालन सम्बन्धी सम्पूर्ण कार्यक्रमहरु कोभिडको स्थिति सुधार भएको ३ हप्ताको समयावधी राखी परिक्षा तालिका प्रकाशन गरिने पनि जनाइएको छ ।
पछिल्ला दिनमा कोभिड-१९ को संक्रमण बढ्दै गइरहेको र धेरैजसो जिल्लाहरुमा निषेधाज्ञा जारी भई जनजीवन सामान्य दिशातर्फ उन्मुख हुन नसकेकोले भदौ १ गतेबाट सञ्चालन हुने भनिएका लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनहरु, आन्तरकि उडानहरु तथा परीक्षा सञ्चालन लगायतका सेवाहरु पनि भाद्र १६ गतेसम्मका लागि स्थगित गरिएको अवस्था छ ।

वि.सं.२०७७ साउन २९ बिहीवार १०:५१ मा प्रकाशित






























