२९ साउन, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) २५वर्ष पछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको क्वार्टरफाइनल खेलमा एटलान्टालाई २-१ ले पराजित गदैँ पिएसजी सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमा एटलान्टाका पलासिकले २६ मिनेटमा गोल गदैँ टिमलाई १-० को अग्रता दिलाएका थिए । दोस्रो हाफको खेल सकिन एक मिनेट बाँकी रहदा पिएसजीका मार्क्विन्होसले गोल गदैँ खेललाई १-१ को बराबरीमा ल्याएका थिए । दास्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा एरिक चाउपो मोटिंगले गोल गदैँ पिएसजीलाई २-१ को अग्रता दिलाएका थिए । ।
पिएसजीले सेमिफाइनलमा बिहिबार हुने आरबी लेइपजिग र एट्लेटिको म्याड्रिड विचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
वि.सं.२०७७ साउन २९ बिहीवार ११:१० मा प्रकाशित


























