back
CTIZAN AD

पुडासैनीको ‘चामल भात’

वि.सं.२०७३ पुस १७ आइतवार

1K 

shares

१७ पुस,काठमाडौँ। नेकपा(एमाले)का नेता खगराज अधिकारीले साहित्यकार लोकनाथ पुडासैनीद्वारा लिखित ‘चामल भात’ उपन्यास शनिबार सार्वजनिक गर्नुभयो ।

नेता अधिकारीले म्याक्सिम गोर्कीले ‘आमा’ उपन्यास नलेखेका भए रुसमा क्रान्ति हुँदैनथ्यो भन्दै यतिखेर स्रष्टाले सबै सामाजिक विकृतिका विरुद्ध उभिनुपर्ने र सचेतताका साथ सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

कृतिबारे समालोचना गर्दै प्रा डा यादवप्रकाश लामिछानेले स्रष्टाको उद्देश्य माटोप्रेम र राष्ट्रवादी भावना जगाउनु रहेको बताउनुभयो । उहाँले कृतिमा भाषागत अभिव्यक्ति सुन्दर ढङ्गले प्रस्तुत गरिएको र उखानको सुन्दर संयोजन गरिएको बताउँदै गरिबीका कारण चामलको भात खान चाडबाड नै पर्खनुपर्ने नेपालीको पीडा उपन्यासले जीवन्त रूपमा चित्रण गरेको छ भन्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले नेपाली समाज र जनजीवनले भोगेका दुःख र पीडालाई जीवन्त रूपमा चित्रण गर्ने र विकृत समाज रूपान्तरण गर्ने आग्रह उपन्यासकारले उपन्यासमा गरेको बताउनुभयो ।
पुडासैनी सेवा समाजका अध्यक्ष उत्तम पुडासैनी र कृतिका प्रकाशक भुँडी पुराण प्रकाशनका केशव पराजुलीले पठन संस्कृतिको विकास अझैसम्म हाम्रो मुलुकमा भइनसकेकामा चिन्ता व्यक्त गर्नु भयो । उपन्यासकार पुडासैनीले चाडबाडमा मात्र चामलको भात खान पाइने हाम्रो नेपाली ग्रामीण समाजको अभिव्यक्ति नै सो उपन्यास हो भन्दै बारी र खेत बाँझै राखेर मरुभूमिमा पसिना बगाउन युवा लाइन लाग्ने परिवेश रोक्न नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रमका आयोजक जनसाहित्यिक मञ्चका अध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा आफूलाई समर्पित गर्ने र नेपाली समाजको रूपान्तरण अभियानमा आफूलाई लगाउने अनि देश र समाजलाई झक्झक्याउने स्रष्टा पुडासैनीको प्रयासको सराहना गर्नुभयो । मञ्चका उपाध्यक्ष रमेश पोखरेलले जागिरको सिलसिलामा देशको पूर्वदेखि पश्चिमसम्म पुग्दा आफूले देखेको नेपाली ग्रामीण जनताको कष्टसाध्य जीवनलाई साहित्य लेखनकोे विषय बनाएर जीवन्त चित्रण गर्दै सामाजिक रूपान्तरणको स्पष्ट आग्रह गर्नु लेखक पुडासैनीका विशेषता रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १७ आइतवार ०६:५२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...