३० साउन, काठमाण्डौं । लगातार बढेर आइतबारदेखि निरन्तर घटेको सुनको भाउ बुधबारदेखि फेरि उकालो लाग्न थालेको छ ।
सुनको भाउमा आजपनि प्रतितोला ८ सयले वृद्धि भएको छ । विहिबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ भने विहिबार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६० रुपैयाँले बढेर प्रतितोला १५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार ११:१३ मा प्रकाशित






























