back
CTIZAN AD

कर्जा लिएर कागज उद्योग चलाउँदै नहकुल

वि.सं.२०७३ पुस १७ आइतवार

1.1K 

shares

 १७ पुस,बाजुरा । बाजुराको डोगडी–८ का नहकुल रावत २४ वर्षका भए । रावतले १२ कक्षा उत्तीर्ण गरेका छन् । उनी पढाइ गरिरहेको बेला जेठा दाइले सञ्चालन गर्दै आएको नेपाली कागज उद्योग चलाउने रावतको काँधमा आयो । उनी अहिले पढाइ छोडेर उद्योगमा व्यस्त रहेका छन् । उद्योग सञ्चालन गरेको १२ वर्ष पुगिसकेको छ ।

रावतका दाइको मृत्यु भएपछि उनी पाँच वर्षदेखि शङ्करदेव नेपाली उद्योग हातेकागजका सञ्चालक बनेका छन् । उनी सामान्य परिवारमा जन्मिएका हुन् । उहाँका दाइ देवबहादुर रावतले नेपाली हातेकागज सञ्चालनका लागि घरेलु तथा साना उद्योग विकास समिति बाजुरामा २०६१ सालमा उद्योग दर्ता गराउनुभएको थियो । तर संयोगले दाइ मृत्यु भएपछि सबै जिम्मेवारी रावतमाथि आएको थियो । उद्योग सञ्चालन गरेको नौ वर्षपछि दाइको मृत्यु भएको थियो । अहिले उनी घरको काम र उद्योगको काम आफैँले गर्ने गरेका छन् । दाइको परिवार र आमासहित आफ्नो परिवार गरी ११ जनाको परिवारलाई उनले सम्हाल्दै आएका छन् । उनी अन्यको भन्दा फरक काम गरी उद्यमशील बन्दै गएका छन् ।

रावत दैनिक रुपमा घरको कामभन्दा उद्योगलाई बढी समय दिने गर्दछन् । बिहान र बेलुका घरका सामान्य काममा सघाउने उनी अधिकांश समय भने उद्योगमै बिताउने गरेका छन् । नेपाली कागज उद्योगका लागि गाउँमै ऋण निकाल्दै कागजका लागि चाहिने कच्चापदार्थ लोत्ताहरु किन्ने गरेको रावतको रहेको छ ।

भारत गएर दिनरात काम गर्नुभन्दा स्वदेशमै बसेर उद्योग–व्यवसाय गर्दा मनग्य आम्दानी हुने गरेको रावतको भनाइ छ । आफू मात्र नभई नेपाली हातेकागजमा बनाउने कामका लागि आफ्नी श्रीमती र एकजना कामदार राखेका छन् । उद्योगमा सोही गाविस–७ की विस्ना रावत मजदुरीमा काम गर्ने गरेकी छन् । रावतलाई मासिक पारिश्रमिक पाँच हजार दिने गरेका छन् । नेपाली हातेकागजबाट रावतले मासिक रुपमा उद्योग सञ्चालन गरी ९० हजार रुपैयाँ आम्दानी गर्ने गर्दछन् र बाजुराबाट धनगढी हुँदै काठमाडौँमा बिक्री गर्न लैजान्छन् ।

उनी एक पात्र मात्र हुन् । यस्ता युवा कोही स्नातकोत्तर उत्तीर्ण गर्दै बाख्रापालन व्यवसायतिर छन् त कोही तरकारी खेतीमा लागेका छन् । बाजुराका युवा विदेशमा गई काम गर्नेको सङ्ख्या भने कम हँुदै गएको छ । अहिले यहाँका धेरै युवा सडक निर्माण व्यस्त रहेका छन् । रासस

वि.सं.२०७३ पुस १७ आइतवार १०:५९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...