back

पोखरामा भूकम्पपछि पहिलोपटक शतप्रतिशत पर्यटक

वि.सं.२०७३ पुस १७ आइतवार

777 

shares
GLOBAL IME AD
NTC AD

पोखरा। गत वर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा यतिखेर शतप्रतिशत भरिभराउ भएका छन् ।

आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि शतप्रतिशत पु¥याउन नसकिएको अवस्थामा यस पटक भने नयाँ वर्षको आगमनको दुई दिनयता होटलमा शतप्रतिशत पर्यटक भरिएपछि व्यवसायीमा उत्साह थपिएको छ । अङ्ग्रेजी नयाँ वर्षका कारण पोखराका प्रत्येक होटेलमा शतप्रतिशत पर्यटक भरिएको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष भरतराज पहारीले जानकारी दिनुभयो ।

“अङ्ग्रेजी नयाँ वर्षमा आएका पर्यटकको सङ्ख्याले व्यवसायीलाई निकै उत्साहित बनाएको छ,” उहाँले भन्नुभयो, “नयाँ वर्षलाई लक्ष्य गरी आन्तरिक पर्यटकका साथै धेरै भारतीय पर्यटक यतिखेर पोखरा आएका छन् ।” पोखराको पर्यटन प्रवद्र्धनका लागि भारतका विभिन्न ठाउँमा पुगी चलाएका ‘चलिए पोखरा’जस्ता धेरै कार्यक्रमको प्रभावकारिता विस्तारै बढ्दै गएको उहाँले बताउनुभयो । आन्तरिक एवम् बाह्य पर्यटककको आगमनका साथै पोखरामा जारी सडक महोत्सवका कारण शनिबार पोखरामा ५० हजारभन्दा बढी पर्यटक फेवाताल किनारमा देखिन्थे ।

होटल सङ्घमा आबद्ध यहाँका लगभग चार सय होटलका साथै आबद्ध हुने क्रममा रहेका लगभग ५० वटा होटल गरी चार सय ५० होटेलले पोखरामा पर्यटकलाई सेवा प्रवाह गरिरहेका छन् । पोखरा क्षेत्रमा पर्यटक बस्ने होटलमा लगभग नौ हजार कोठामा २० हजार श्यया सङ्ख्या रहेको जानकारी दिँदै अध्यक्ष पहारीले पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनास लगायतका स्थानका होटेलमा समेत गरि प्रतिदिन पोखराले ३० हजारको सङ्ख्यामा पर्यटकलाई राख्नसक्ने क्षमता राख्ने बताउनुभयो ।

नयाँ वर्षका अवसरमा पोखरामा आएका पर्यटकका कारण पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताउने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका वरिष्ठ अधिकृत सूर्य थपलिया जस्तोसुकै चापमा पनि पर्यटकलाई सहज रुपमा सेवा प्रवाह गर्न सक्ने वातावरण निर्माण गर्न अपरिहार्य आवश्यकता औँल्याउनुहुन्छ । “नयाँ वर्ष लगायतका विशेष अवसरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई गुणस्तरीय सेवा प्रवाह गर्नु अपरिहार्य छ,” उहाँले भन्नुभयो, “जति पर्यटक आए पनि सहज एवम् गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक वैकल्पिक जनशक्ति तयार गर्न पनि पर्यटनसम्बद्ध सङ्घसंस्था बेलैमा लाग्नु आवश्यक छ ।”

पोखरामा नयाँ वर्षको आगमनपूर्व शनिबार देखिएको पर्यटकको चापले भूकम्पपछि प्रभावित बनेका यहाँको पर्यटन व्यवसायीलाई ठूलो ऊर्जा मिलेको ल्यान्डमार्क होटल, लेकसाइडका सञ्चालक ओमप्रकाश पाण्डे बताउनुहुन्छ । ल्यान्डमार्क होटेलमा रहेका ७५ कोठामध्ये सबै कोठा पर्यटकले भरिएको जानकारी दिँदै उहाँले आएका पर्यटकमध्ये ५० प्रतिशत आन्तरिक, ४० प्रतिशत भारतीय र १० प्रतिशत तेस्रो मुलुकका रहेको बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षमा अन्य देशमा झँैझगडा हुने भए पनि पोखरा शान्तिपूर्ण एवम् रमणीय प्राकृतिक सुन्दरताले मन लोभ्याउने भएकाले धेरै भारतीय पर्यटकको रोजाइको स्थल पोखरा हुने गरेको भारतको कलकत्ताबाट आएका नेचुरल क्लब एन्ड होलिडेज ट्राभल्सका सञ्चालक भाष्कर बागले बताउनुभयो ।

उहाँले सन् २००२ देखि भारतीय पर्यटक लिएर पोखरा आउने गर्नुभएको छ । विदेशी पर्यटकका साथै पछिल्ला वर्षमा नेपालीमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने संस्कृति बढ्दै गएको काठमाडौँको सामाखुसीबाट पोखरा घुम्न आएका विद्यार्थी सुनिश सङ्ग्रौलाले बताउनुभयो । नयाँ वर्षमा धेरै आन्तरिक पर्यटकको रोजाइ पोखरा पर्ने गरेको बताउँदै उहाँले पर्यटकको आगमनलाई निरन्तरता दिन यहाँका व्यवसायीले अघिपछि जस्तै समान किसिमको खाद्य परिकार तथा त्यही किसिमको सेवा प्रवाह गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

सङ्ग्रौला जस्तै कमाडोलबाट अङ्ग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका इमाडोेलका सुशील बडाल पर्यटकको सङ्ख्या बढी भएको समयमा यही हो मौका भनी महँगो मेनुका साथै कोठाहरू महँगो गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यहाँका पर्यटन व्यवसायी लाग्नुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ पुस १७ आइतवार ११:१५ मा प्रकाशित

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि

बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन...

कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु

कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु

गलेश्वर (म्याग्दी) । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको...

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको १८ औँ गभर्नरका रूपमा प्रा.डा....

पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’

पर्यटकको पर्खाइमा ‘गोल्मे राजा, गोल्मे रानी’

भोजपुर । रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल ‘गोल्मे राजा,...

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

फुङ्लिङ (ताप्लेजुङ) । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...