Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

लसुनको पोटी खाएर कीर्तिमान



lasun

काठमाडौँ । कैलालीका २३ वर्षीय भरत विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर कीर्तिमान कायम गर्नुभएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विष्टले एक मिनेटमा ४२ वटा लसुनको पोटी खाएर यसअघिको विश्व कीर्तिमान तोडेको दाबी गर्नुभयो । यसअघि संयुक्त राज्य अमेरिकाका नागरिक फ्याट्रिक ल्याटीले एक मिनेटमा ३६ वटा लसुनको पोटी खाएर कीर्तिमान राख्नुभएको थियो ।

आज गरिएको भिडियो रेकर्डलाई गिनिज बुकमा दर्ता गराउन पठाइने छ । उहाँले भन्नुभयो, “खाना खाँदा लसुन खाइरहने भएकाले मलाई यो कीर्तिमान राख्न सहज भएको हो ।”

सो कीर्तिमान गिनिज बुकमा अभिलेख गराएपछि उल्टोबाट छिट्टो शब्द उच्चारण र दुवै हातले चाँडो रोमन शब्द लेख्ने थप कीर्तिमानका लागि आफूले पहल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक