back
CTIZAN AD

द्वन्द्वका घाइतेको निःशुल्क उपचारको व्यवस्था

वि.सं.२०७३ पुस १७ आइतवार

1K 

shares

 १७ पुस,नेपालगन्ज । सशस्त्र द्वन्द्वमा घाइते भएकाहरुको अबदेखि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा निःशुल्क उपचार हुने भएको छ ।

शान्ति कोष सचिवालयको आर्थिक सहयोगमा द्वन्द्वपीडित अपाङ्ग व्यक्तिलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

सो अस्पतालका छाला रोग विशेषज्ञ डा बद्री चापागाईंले कार्यक्रमअन्तर्गत बिरामीको उपचारका साथै निजका सहयोगीलाई यातायात खर्च, आवासको व्यवस्थासमेत गरिएको छ । मध्य तथा सुदूरपश्चिमका करिब पाँच हजार त्यस्ता पीडितलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको अस्पतालका वीरेन्द्रबहादुर चन्दले बताउनुभयो ।

कुहिएको चामल बरामद
कुहिने अवस्थामा पुगेको चामललाई पालिस लगाएर नयाँ जस्तो बनाई बिक्री गर्न ठिक्क पारेको करिब २५ बोरा चामल आज जिल्लास्तरीय अनुगमन टोलीले बरामद गरेको छ ।

अनुगमन समितिका सदस्य अच्युत खरेलका अनुसार स्थानीय अमर राइस मिलको गोदामबाट बरामद गरिएको सो चामललाई अनुगमन टोलीले सिल गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

यसअघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत नेतृत्वको अनुगमन टोलीले नेपालगन्जका विभिन्न पसलको अनुगमन गरेको थियो । रासस

वि.सं.२०७३ पुस १७ आइतवार १६:०१ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...