back
CTIZAN AD

प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत

वि.सं.२०७७ भदौ १ सोमवार

720 

shares

१ भदौ, पर्सा । प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत भएकी छिन् । वीरगंजबाट प्रकाशित प्रतीक दैनिको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृती फोटो पत्रकारिता पुरस्कार २०७७ यसबर्ष मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी छिन् ।

प्रतीक दैनिकको कार्यालयमा आज आयोजित एक कार्यक्रममा विच प्रधान सम्पादक जग्दीश शर्माले २५ हजार रुपियाँ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरेका थिए । हेरक वर्ष कार्यदक्षता तथा फोटो पत्रकारिताको अधारमा पत्रिकामा प्रकाशित फोटो मार्फत छनोट भएका एकजनालाई पुरस्कृत गर्दै आएको पुरस्कार मध्य नेपाल पत्रिकाकी कविता खड्कालाई प्रदान गरिएको हो ।

२०७३ सालदेखी मध्य नेपाल सन्देश पत्रिका र मध्य नेपाल अनलाईन आफ्नौँ नेतृत्वमा सञ्चालन गर्दै आएकी पत्रकार कविता खड्का विग्त ३ वर्षदेखी निरन्तर प्रतिश्पर्धामा सामिल हुदैँ आएपनी यसवर्ष आफु पुरस्कृत भएकोमा ज्यादै खुशी लागेको बताईन् । पुरस्कारले निरन्तर लागि रहन् प्रेरित गर्ने उनले भनाई थियो ।

कोरोना कहर तथा लकडाउन भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई निसंक्रमित गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको प्रधान सम्पादक तथा सुवोध स्मृति प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माले बताए ।

पत्रकार जगतको कलम नरुकुन र पत्रकारिता पुरस्कारले लगन, मेहनत र प्रोत्साहन पाईरहुन् भन्ने उदेश्यले कार्यक्रम गरिएको उहाँले बताउनु भएको थियो । यसअघि यो पुरस्कार राम सर्राफ, राम क्षेत्री, उत्तम खडगी, जीतलाल श्रेष्ठ, मनीष पौडैल, जियालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य, पंकज श्रेष्ठले प्राप्त गरेका छन् ।

यसैगरी कोरोनाको महामारीको समयमा जोखिम मोलेर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षँकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरेको हो । वार्षिकोत्सवको अवसरमा मा टोलमा सरसफाई गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनि इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको थियो ।

यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गरेका थिए ।

वि.सं.२०७७ भदौ १ सोमवार ११:३७ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...