back
CTIZAN AD

तपाई होम आइसोलेशनमा हुनुुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

वि.सं.२०७७ भदौ ३ बुधवार

660 

shares

केही दिनअघिसम्म पीसीआर रिपोर्ट पोजेटिभ आयो भने कोरोना संक्रमितलाई अस्पताल राखिने गरिएको थियो । तर, अस्पताल भरिँदै गएपछि ‘होम आइसोलेसन’ को चर्चा चलेको छ । ‘होम आइसोलेसन’ भन्नेबितिकै संक्रमित व्यक्ति नितान्त छुट्टै बस्नु हो ।

अस्पतालमा ठाउँ नभएर घरमै यस्तो अवस्था सिर्जना भएको हो । सबैभन्दा पहिले ‘परिवारलाई नसरोस्’ भन्ने व्यक्ति संक्रमित भएको हो, उनी स्वयंं सतर्क हुन जरुरी छ । यसमा परिवारका सदस्य पनि सतर्क हुन आवश्यक पर्छ ।

संक्रमितलाई छुट्टै कोठामा राख्नुपर्ने हुन्छ । हावा आवतजावत गर्ने सरसफाईयुक्त कोठामा बस्नुपर्छ । संक्रमितले चलाएका सामान अन्य कुनै अर्को व्यक्तिले नछँुदा राम्रो मानिन्छ । सकभर शौचालय पनि छुट्टै प्रयोग गर्नुपर्छ । त्यसो नभएको अवस्थामा शौचालय सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन ताजा झोलिलो पदार्थ पिउँदा राम्रो हुन्छ । केही व्यक्ति एक्लै बसेर धेरै कुरा सोच्दा ‘डिप्रेसन’ समेत भएको पाइएको छ ।

सकेसम्म आइसोलेसनमा बसेको बेला इन्टरनेट चलाउन सक्ने मोबाइल वा टिभी भएपछि समय बिताउन सजिलो हुन्छ । संक्रमितलाई घरका परिवारले हौसला प्रदान गर्नुपर्छ ।

आइसोलेसनमा बसेको बेला परिवारले जतिसक्यो, धेरै ‘मोटिभेसन’ प्रदान गर्नुपर्छ । संक्रमित होम आइसोलेसनमा बसेको बेला स्वास्थ्यकर्मी नजिक नहुन सक्छन । यदि संक्रमित भएको व्यक्तिलार्इृ सास फेर्न गाह्रो भयो, घाँटी दुख्नेलगायत समस्या देखियो भने सम्बन्धित निकाय (स्वास्थ्य संस्था) को नम्बर तयारी अवस्थामा राख्नुपर्ने छ ।

कोरोना बारे नकारात्मक कुरा सुन्नु भएन । उपचारबाट निको भएका पनि छन् । उनीहरुका कुरा पनि सुन्न सकिन्छ । होम आइसोलेसनमा बसेको भन्नुको मतलब परीक्षणमाबाट कोरोना पुष्टि भएको भन्ने बुझ्न जरुरी छ ।

होम आइसोलेसनमा बसेका व्यक्ति कोही–कसैमा एक्लोपना महसुस भएको पनि देखियो । परिवारले संक्रमण पुष्टि भएका सदस्यलाई जतिसक्यो हौसला, प्रेरणा र ऊर्जा प्रदान गर्नुपर्छ । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७७ भदौ ३ बुधवार ०९:५८ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...