back
CTIZAN AD

सौराहामा हुर्कदैछिन पुष्पा

वि.सं.२०७७ भदौ ६ शनिवार

864 

shares

चितवन- कोभिड–१९ को सङ्क्रमण नहुँदो हो त यतिखेर चितवनको सौराहा आएका स्वदेशी र विदेशी पर्यटक पुष्पालाई हेर्न खुबै झुम्मिन्थे । उनको आमुनेसामुने बसेर सेल्फी लिन्थेँ, सुमसुम्याउँथे । अनि नजीकबाट पुष्पाको स्पर्श गरेर अनौठो अनुभूति सङ्गाल्थे । यसपालि त्यो अनुभूति लिने मौका जुरेको छैन । सौराहा सुनसान छ । चराचुरुङ्गीका चिरबिर र वन्यजन्तुका हुँकार बेलाबेलामा सुनिन्छ । सुनसान भएकाले निकुञ्जमा निर्बाध रुपमा घुमफिर गरेर रमाइरहेका छन् वन्यजन्तु ।

राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा रहेकी पुष्पा अर्थात् दुर्लभ एकसिंङ्गे गैँडाको बच्चा (केटी) खुला चौरमा दैनिक डुल्छे । ऊ आफ्नै दुनियाँमा रमाइरहेकी छे । दिएको खानेकुरा खान्छे, नत्र कोषको सुनसान चौरमा सप्रेको घाँस टिप्न मग्न रहन्छे । केही समय लालबहादुर महतरासँग खेल्छे, रमाउँछे, सँगै नुहाउँछे । इसारामै कुरा गर्छे । महतरा जहाँ गयो पछि लागेर हैरान पार्छे ।

पछि नलागोस् पनि कसरी । आँखा खोलेको केही दिनपछि उसकी आमा बेखबर भइन् । जन्मेको दुधे बालख पुष्पा जङ्गलमा केही रात एक्लै परिन् । धन्न बाघबाट जोगिइछ । पुष्पाका लागि अहिले कोषका वन्यजन्तु प्राविधिक महतरा आमाको भूमिकामा छिन् । खाना दिने, दूध पिलाउने र उसको हेरचाह गर्ने मात्रै होइन पुष्पालाई दिनदिनै तेल लगाएर संरक्षण गर्नुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपुर क्षेत्रमा पर्ने तमसपुर पोष्टका कर्मचारीले माघको पहिलो साता सोही क्षेत्रको दबदबेमा एकसिङ्गे गैँडाको नवजात केटी फेला पारे ।

जन्मेको केही दिन मात्रै भएको थियो । रातो कलिलो छाला भएको अवस्थाकी केटी थिई । केही दिन उनीहरुले बुझ्ने कोसिस गरे । प्रशव पीडामा रहेकी आमा बच्चा खोज्दै कतै भौँतारिरहेको थिई होला । पक्कै आउँछे भन्ने विश्वासका साथ निकुञ्जका कर्मचारी केही दिन कुरेर बसे । सायद बाटो भुलेर होला । उनी फर्किनन् ।

स्वास्थ्य अवस्था नाजुक हुँदै जाँदासमेत माउ फर्केर नआएपछि उनीहरुले निकुञ्जमा खबर गरे । आमा नआएपछि संरक्षण गर्न निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले गत माघ ५ गते पुष्पालाई बाध्यतावश उद्धार गर्नुपरेको कोषका प्रवक्ता तथा संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए ।

कलिलो अवस्थामा आमाले छाडेकी पुष्पा निक्कै कमजोर थिई । बिस्तारै पशु चिकित्सकको निगरानीमा आवश्यक पोषण तत्व सहितको खानेकुरा दिएपछि छिट्टै तङ्ग्रिएको अनुभव सुनाउछन भट्टराई ।

कोषका पशु चिकित्सक डा अमिर सडौला भन्छन, “कलिलो छालासमेत रातै अवस्थामा भेटिएकी थिई, अहिले भने भरभराउँदी छे ।” उहाँका अनुसार हिलोको दलदलमा फसेकी थिई पुष्पा । आमासँग हिँड्दै गर्दा दलदलमा फसेर छुट्न गई । त्यसपछि वन्यजन्तु प्राविधिकले आमा आउँछ कि भनेर रातदिन कुरेर बसे । आमा नआएपछि उद्धार गरिएको थियो ।

डा सडौलाले नै केटीको नाम जुराउनुभएको हो । “शुरुमा ल्याउँदा छाला पनि नरम रातो थियो, फक्रिन लागेको फूल जस्तै थिई”, उनले थपे, “फूलहरु कोपिलामा कस्तो देखिन्छ त्यस्तै थियो उसको अवस्था, त्यही भएर नाम ‘पुष्पा’ भनेर राखेको हुँ ।”

अहिले पुष्पा ८ महिनाकी भई । वन्यजन्तु प्राविधिक लालबहादुर महतरा उसको रेखदेखमा खटिन्छन । घाइते भए औषधि लगाउने, उपचारमा सहयोग गर्ने काम गर्छन ।

माघ ५ गते सौराहा ल्याइएकी पुष्पालाई महतराले दैनिक तेल लगाएर हुर्काएका हुन् । “छोराछोरीलाई जसरी पालेर राखेको छु, सात महिनामा यसले रु एक लाख २० हजारको त दूध मात्रै खाइसक्यो, महतराले पुष्पालाई सुमसुम्याउँदै भने, “यो केटी मैले जहाँ बोलायो उतै आउँछे ।” उहाँले पुष्पालाई दिनमा तीनपटक नुहाई दिनुहुन्छ । दूध, गाजर, केरा र फलफूल दैनिक खुवाइन्छ । नियमित घाँस खान थालेपछि भने पाल्न अलि सजिलो भएको छ ।

पुष्पा आएको केही महिनापछि नै अर्को एउटा केटो ल्याइएको थियो । त्यो अलि ठूलो भएकाले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत अर्ना राखिएको खुला खोर ९इन्क्लोजर० मा लगेर राखिएको छ । पहिले अर्ना देख्दा ऊ तर्सने र ऊ देख्दा अर्ना तर्सन्थ्यो । अहिले मिलेर हिँड्न र अर्नासँगै खेल्न थालेको छ ।

बेलसर नजीकै बरण्डाभार क्षेत्रको वनमा एक्कासि माउ म¥यो । टिकौलीको विसहजारी तालभन्दा दक्षिणमा शोकमा आमाको लास कुरेर बसिरहेको थियो केटो । सुरक्षामा खटिएको नेपाली सेनाले देखेर खबर गरेपछि उद्धार गरिएको हो । अहिले केटोलाई प्राकृतिक बासस्थानमा घुलमिल गराउन निकुञ्जको इन्क्लोजरमा लगेर राखिएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले बताए ।

धेरै उद्धार गरिए केटाकेटी

यसअघि पनि यस्ता दर्जनौँ गैँडाका बच्चा ९केटाकेटी० को उद्धार गरेर यहाँ संरक्षणमा राखिएको थियो । कतिपय संरक्षणमा रहँदारहँदै मरे । कतिपय हुर्किएर जङ्गलमा छाडिए । यहाँबाट केटाकेटी मात्रै होइन धेरै वन्यजन्तु तथा चराचुरुङ्गीले नयाँ जीवन पाएका छन् ।

उद्धार गरिएका वन्यजन्तुहरु उपचार सफल भएर जङ्गलमा पुनः स्थापित गरिएको छ । कैयौँ प्रयास गर्दा पनि केही बाँचेन । त्यस्तै दुःखद घटना विसं २०७४ मा भयो । विसं २०७३ को बाढीले बगाएर एक्लो अवस्थामा फेला परेको मयूरे ९गैँडाको केटो० मानिससँग खुबै लहसिने र खेल्ने गर्दथ्यो । सबैको प्यारो थियो मयूरे । ऊसँग सौराहामा आएका पर्यटक सेल्फी लिएर झुम्मिन्थे । राम्ररी हुर्कँदै थियो । कुनै समस्या थिएन ।

विसं २०७४ साउन २८ गते आएको बाढीको डुबानमा परेपछि ‘मयूरे’लाई रोग लाग्यो । त्यसको दुई महिनापछि मयूरेले प्राण त्याग ग¥यो । कैयौँ कोसिस गर्दा पनि बचाउन सकिएन । त्यही वर्ष मात्रै चार केटोले ज्यान गुमाएको थियो ।

व्यवस्थित वन्यजन्तु अस्पताल नभएको, दक्ष जनशक्तिको अभाव र अनुसन्धानको काम प्रभावकारी नहुँदा घाइते तथा उद्धार गरिएका वन्यजन्तुको उपचारमा समस्या हुँदै आएको छ तर पनि निकुञ्ज र कोषको प्रयासमा धेरै वन्यजन्तुको ज्यान जोगिएको छ । अहिले ३,४ वर्षका तीन गैँडाले सौराहा डुल्ने गरेको छ । त्यसमध्ये पश्चिम चितवनको मेघौलीबाट अलपत्र अवस्थामा उद्धार गरिएको गैँडा औधि सौराहा डुल्छ ।

कोषका प्रमुख अर्यालका अनुसार गत वर्ष मात्रै विभिन्न क्षेत्रबाट यसरी ११ गैँडाको उद्धार गरिएको छ । चितुवा १३ हजार १०० भन्दा बढी अजिङ्गर र सर्प उद्धार गरिएको छ । चित्तललगायत विभिन्न वन्यजन्तु तर चराचुरुङ्गी उद्धारको त लेखाजोखा नै छैन ।

वि.सं.२०७७ भदौ ६ शनिवार १५:३० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...