back
CTIZAN AD

आवश्यक विकल्प अपनायर पनि शैक्षिक सत्र खेर फाल्न नहुने सरोकारवालाहरुको सुझाव

वि.सं.२०७७ भदौ ६ शनिवार

804 

shares

काठमाडौं- आवश्यक विकल्पहरुको खोजी गरेर भएतापनि शैक्षिक सत्र प्रयोग गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । आज शिक्षा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको उपस्थितिमा भएको भर्चुअल बैठकमा सहभागी भएका विभिन्न प्रदेश स्तरका सामाजिक विकास मन्त्रालयका पदाधिकारी, स्थानिय तहका प्रमुख, शिक्षा शाखा प्रमुख र शिक्षा शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुखले यस्तो धारणा राखेको मन्त्रीका स्वकिय सचिव पुरन केसीले जानकारी दिए ।केसीका अनुसार बैठकमा सहभागीहरुले शैक्षिक सत्र शुरुवात भएको घोषणा गर्न सकेमा विद्यार्थिहरु उत्साहित हुने जसका लागि विद्यालय सरसफाई र स्वास्थ्य प्रोटोकल पालनाको लागि आवश्यक खर्च विभिन्न स्तरका सरकारहरुले वेहोर्नुपर्ने सुझाव राखेका थिए ।

अहिले सञ्चार माध्यमबाट गरिएको सिकाइमा सबै विद्यार्थिलाई समेट्न नसकिएको तर बालबालिकालाई निरन्तर सिकाई सबैको दायित्व भएको सहभागीहरुको धारणा थियो । सिकाई सहजिकरण र प्रोटोकल कार्यान्वयन स्रोतको लागि विकल्पहरु खोज्नुपर्ने धारणा तथा सुझाव बैठकमा सहभागीहरुले राखेको केसीले बताए ।

महामारीको स्थितिमा विभिन्न चरण गरि शिक्षा मन्त्रालयले शैक्षिक क्षेत्रका विभिन्न पदाधिकारी, अधिकारी र सम्बन्धित सरोकारवालाहरुसँग भर्चुअल माध्यमबाट छलफल तथा अन्र्तक्रिया गर्दै आएको छ । प्रदेश स्तरिय छलफल सरोकारवालाहरुवाट प्राप्त सुझावका आधारमा बैकल्पिक प्राणालीबाट सिकाई सहजिकरण निर्देशिका २०७७ परिमार्जन हुने स्वकीय सचिव केसीले बताए ।

वि.सं.२०७७ भदौ ६ शनिवार १८:०६ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...