९ भदौ, काठमाडौं । रुपन्देहीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ३ का ५० वर्षीय पुृरुषको उपचारका क्रममा मृत्यु भएको भिम अस्पतालका फोकल पर्सन सुमित प्रजापतिले जानकारी दिएका छन् ।
घरको छतबाट लडेपछि टाउकोमा गम्भीर चोट लागेका उनलाई परिवारले युनिभर्सल मेडिकल कलेजमा पुर्याएको थियो । त्यहाँ उपचारकै क्रममा कोरोना भाइरसको नमुना परक्षिण गरिएका उनमा पोजेटिभ देखिएपछि मेडिकल कलेजले भिम अस्पतालमा रेफर गरेको थियो ।
गम्भीर अवस्थामा भिम अस्पतालमा ल्याइएका उनको अस्पताल पुर्याएको ५ घण्टामै सोमबार राति मृत्यु भएको प्रजापतिले संसारन्युजलाई जानकारी दिए ।
‘युनिभर्सलले यता पठाएपछि उहाँलाई आइसोलेसनमा राखेर उपचार गरिरहेका थियौं राति मृत्यु भयो ।’ प्रजापतिले भने ।
वि.सं.२०७७ भदौ ९ मंगलवार १२:११ मा प्रकाशित






























