back
CTIZAN AD

कार्यदलको प्रतिवेदनबारे समान धारणा बनाउन ओली–प्रचण्ड छलफलमा

वि.सं.२०७७ भदौ ९ मंगलवार

735 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । पार्टी विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे दुई अध्यक्षबीच छलफल भईरहेको नेकपा स्रोतले जनाएको छ ।

गत साउन ३० मा गठित कार्यदलले शनिबार दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो । दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठकले प्रतिवेदनबारे निष्कर्ष निकाल्ने बताइएको छ । जनाइएअनुसार प्रतिवेदनबारे समान धारणा बनाउन दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले पार्टीभित्रको विवाद समाधानको लागि मध्यमार्गी बाटो सुझाएको छ । कार्यदलले प्रधानमन्त्री ओलीले राजीनामा दिनु नपर्ने र प्रचण्डले पूर्णं अधिकारसहित अध्यक्षको जिम्मेवारी लिने कुरा सुझावको रुपमा राखेको छ ।

कार्यदलले मन्त्रिपरिषद पुर्नगठन, पार्टी एकताका बाँकी कामलगायतका विषयमा पनि सुझाव दिएको छ । जनाइएअनुसार कार्यदलको प्रतिवेदन सचिवालयले पारित गरेपश्चात स्थायी समितिमा छलफल हुनेछ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार ११:४३ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...