९ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा थप कास्की र तनहुँ दुई जिल्लाका १३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामा कास्कीको पोखरा महानगरपालिका वडा नं ४ का २७ वर्षीय २ पुरुष, (उनीहरु दुवैजना सुरक्षाकर्मी हुन्) ।
त्यस्तै वडा नं ५ का ९ वर्षीया बालिका र ३२ वर्षीया महिला, वडा नं ७ का २५ वर्षीय पुरुष, वडा नं १० की ४० वर्षीया महिला र वडा नं १४ की २५ वर्षीया युवती गरेर जम्मा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी तनहुँको भानु नगरपालिका वडा नं १ का ४६ र ६३ वर्षीय दुई पुरुष र ४५, ५२, १७ र २५ वर्षीय ४ महिलामा संक्रमण देखिएको हो ।
निर्देशनालयका अनुसार वडा नं ४ का दुवै पुरुष सुरक्षाकर्मी हुन् भने वडा नं १० की महिला दुवईबाट फर्किएको र अन्य सबै संक्रमित कन्ट्रयाक ट्रेसिङका क्रममा थपिएका हुन् ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका १९०८ जनामा १६३९ जना निको भएर घर फर्किइसकेका छन् । कुल संक्रमितमध्ये निको हुनेको यो संख्या ८५.९० रहेको निर्देशनालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १२:३८ मा प्रकाशित






























