back
CTIZAN AD

लम्पी स्किन रोगबाट गाईवस्तुलाई कसरी जोगाउने ?

वि.सं.२०७७ भदौ ९ मंगलवार

3.1K 

shares

लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिने पक्स भाइरस(विषाणु) समूहको लम्पी स्किन भाइरले लाग्ने रोग हो । अफ्रिकी महादेशमा मात्रै सिमित यो रोग सन् २०१२ पश्चात मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाईमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो ।

नेपालमा वि.सं २०७७ साल असार महिनाको अन्त्मि सातातिर मोरङजिल्लामा केही गाईमा लम्पी स्किनसँग मिल्दो लक्षणहरु देखापरेपछि पशु सेवा विभागले आवश्यक नमुना संकलन गरी परिक्षण गर्दा नेपालमा २०७७ साल श्रावण महिनाको ११ गते यो रोग नेपालमा पहिलो पटक पुष्टि भएको छ । विश्व पशु स्वास्थय संगठनले पनि नेपाल लम्पी स्किन रोग देखापरेको प्रमाणीत भएको जनाएको छ ।

सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग नेपालमा रोगी पशु भित्रिएर फैलिएको अनुमान छ । रोग फैलिँदै जानुमा सीमा नाकाका पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई पनि एउटा कारण मानिएको छ । पशु सेवा विभागका अनुसार हालसम्म मोरङ, रौतहत, चितवन र मकवानपुरमा यो रोगको संक्रमण भेटिएको छ ।

रोगको मुख्य लक्षणहरुमा : घाँटी, पुच्छर वरिवरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरुमा साना ठूला गिर्खाहरु देखिने, उच्च ज्वरो(१०५ फारेन्हाइट भन्दा माथि) आउने, कचेरा, सिंगान बग्ने तथा मुखबाट फिंज धेरै निकाल्ने, ८० प्रतिशत सम्म दूध उत्पादन घट्ने, बाँझेपना हुने, ४५ प्रतिशत सम्म गाईभैंसीहरु बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने हुन्छ ।

यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाईबाट सर्ने गर्दछ । यसबाहेक संक्रमित गाईभैसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृतिम गर्भाधनमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि रोग सर्ने गर्दछ । यो रोग संक्रमित गाईंभैंसीबाट जन्मिएका बाच्चाबाच्छी/पाडापाडीमा समेत सर्ने गर्दछ ।

यो रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्दछ । यस रोगविरुद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाईभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै हाललाई यो रोगविरुद्धको लडार्ईको मुख्य हतियार भएको विभागका महानिर्देशक डा. वंशी शर्मा बताउँछन् ।

वि.सं.२०७७ भदौ ९ मंगलवार १६:५३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...