back
CTIZAN AD

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७७ भदौ १० बुधवार

1.3K 

shares

१० भदौ, काठमाडौं । हाल देशभर सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक÷दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आज कुन-कुन नदीमा पानीको बहाव उच्च हुने सम्भवाना छ त ?
महाशाखाका अनुसार आगामी ३ दिन देशैभरका प्रमुख तथा मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै हुने छ ।
आज प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५,कर्णाली र सुदूरपश्चिम प्रदेशको केहि पहाडी जिल्लामा क्षणिक मध्यम बर्षा भई स–साना नदीमा बहाब बढ्ने र केहिमा आकस्मिक बहाब हुन सक्ने पनि महाशाखाले जनाएको छ ।

आज संखुवासभा, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, काठमाडौं उपत्यकाका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, म्याग्दी, बाग्लुङ, पर्वत, पाल्पा, रुपन्देही, प्यूठान, रोल्पा, रुकुम, दाङ, सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला, डोटी, अछाम, दार्चुला, बाजुरा, बैतडी र डडेल्धुरा आसपासका जिल्ला भइ बहने स-साना नदीमा बहाव केही बढ्ने र सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएकोले नदी तटीय क्षेत्रमा शतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 

वि.सं.२०७७ भदौ १० बुधवार ०८:४४ मा प्रकाशित

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...