back
CTIZAN AD

यस्तो छ भदौ १७ देखि हुने अन्तर्राष्ट्रिय उडान तालिका

वि.सं.२०७७ भदौ १० बुधवार

888 

shares

१० भदौ , काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर २ देखि संचालन हुन लागेको अन्तर्राष्ट्रिय उडान तालिका जारी गरेको छ ।

कोभिड–१९ को माहामारी फैलिन नदिन अन्तर्राष्ट्रिय उडानको रोक भदौ १७ देखि खुला गर्ने सरकारको निर्णयसँगै मन्त्तालयले एक महिनाको नियमित तथा चार्टर  उडान तालिका र त्यस्ता उडानहरु संचालन गर्न पालना गर्नुपर्ने शर्तहरु जारी गरेको हो ।

सेप्टेम्बर २ देखि सेप्टेम्बर ३० (भदौ १७ देखि असोज १४) सम्मको एक महिनामा ६० वटा नियमित उडान हुने गर्ने जनाएको छ । सो अवधिमा २७ वटा चार्टर उडान हुने छन् । यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् ।

मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।

त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्काे हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुधाबीमा उडानको अनुमति दिइएको छ ।

कोभिड–१९ को जाँच सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ ।

सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने गरी तालिका बनाएको छ ।

हेर्नुहोस उडान तालिका :

वि.सं.२०७७ भदौ १० बुधवार ०८:४२ मा प्रकाशित

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...