back
CTIZAN AD

निषेधाज्ञाले सुनसान वीरेन्द्रनगर

वि.सं.२०७७ भदौ १० बुधवार

723 

shares

१० भदौँ । यही भदौ १ गतेदेखि गरिएको निषेधाज्ञाले वीरेन्द्रनगर बजारलगायत आसपासका क्षेत्र सुनसान बनेको छ । वीरेन्द्रनगर बजार पूर्णरूपमा ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको हो । निषेधाज्ञा घोषणापछि भीडभाड हुने स्थान र मुख्य चोकमा प्रहरी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीको अध्यक्षतामा गत मङ्गलबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते सोमबारदेखि भदौ ५ गते शुक्रबारसम्म नगरपालिका क्षेत्रभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सङ्क्रमणको दर बढ्दै गएका कारण चार दिन निषेधाज्ञा थप गरिएको छ ।

प्रशासनले अत्यावश्यकीय क्षेत्रहरु मेडिकल, दूध, ग्यास र तरकारी पसलबाहेक अन्य सबै क्षेत्रहरु बन्द गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा नै अन्तिम विकल्प देखेको हो । हिन्दू महिलाको चाड हरितालिका तीज पनि यही बेला भएकाले बढी भीडभाड हुनसक्ने र कोरोनाको जोखिम थप हुने भएकाले निषेधाज्ञा लगाउन आवश्यक ठानिएको हो । त्यसयता पनि सङ्क्रमण बढ्नसक्ने भएकाले अरु चार दिन थप गरिएको हो ।

निषेधाज्ञाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललगायतको टोली वीरेन्द्रनगरका विभिन्न स्थानमा खटिएको थियो । सहायक प्रजिअ पौडेलले निषेधाज्ञालाई जनस्तरबाट पूर्णरूपमा सहयोग भएको बताउनुभयो । सामान्य केही छिटफुट मानिस हिँडिरहे पनि उहाँहरुलाई सम्झाइबुझाई गरिएको उहाँको भनाइ छ ।

वि.सं.२०७७ भदौ १० बुधवार १६:१३ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...