back
CTIZAN AD

समाधान भईसकेको बिषय उचालेर हुर्मत लिने काम भएको छः उपाध्यक्ष कोईराला

वि.सं.२०७७ भदौ १० बुधवार

924 

shares

१० भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले संचार माध्यमहरुमा उनी बिरुद्ध आएका समाचारको सामाजि सन्जाल मार्फत खण्डन गरेका छन् । सरकारले राखेपको उपाध्यक्षमा नियुक्ति गरेसंगै बिभिन्न संचार माध्यमहरुमा उनी फरार अभियुक्त भएको भन्दै समाचार प्रकाशित भैरहँदा उनले त्यसको खण्डन गरेका हुन् ।

उनले आफू एक राजनितिकर्मी भए पनि राजनितिगर्नेहरुले आफ्नो जिवन धान्नका निम्ति कुनै पेशा व्यावसाय गर्नुपर्छ भन्ने मत राख्ने  बताएका छन् ।

उनले अफूले नेपाल सरकारको कानून अनुसार नै विगत पाँच बर्षदेखि भाडाको कन्टेनर ट्रकमा भारीवोक्ने काम गर्ने गरेको बताउँदै करिब ४ वर्ष अगाडिदेखि उनले कम्पनिको स्वामित्वमा रहि अरु कसैलाई करारनामा गरिदिएको तथा करिब १ बर्ष अगाडी उक्त गाडी एक मोटरसाईकलसंग आपसमा ठोक्किन गई दुर्घटना भएको कुरा साँचो भएको बताएका छन ।

दुर्घटना पश्चात करार गर्ने ब्यक्ति सम्पर्क बिहिन रहेको तथा कम्पनीले दुर्घटनाबाट घाईते भएका पिडितलाई लागेको सम्पूर्ण खर्च कम्पनीले उपलब्ध गराईसकेको बताएका छन् ।

उनले पिडितसंग कम्पनीले महिनौ पहिले सबै खर्च बेहोर्दै भएको सहमति भईसकेको बिषयलाई उचालेर स्वयं पिडितको समेत हुर्मत लिएकोले सम्बन्धित पक्षले जघन्य अपराध गरेको बताएका छन् ।

कोईरालाले आफ्नो नियूक्ति पार्टीले गरेकाले पार्टीले निर्देशन दिने बित्तिकै एक सेकेण्ड पनि नबस्ने बताएका छन् । अफूले कसैको दलालि गरेर यहाँ पुगेको नभई आफनो क्षमताले यहाँ पुगेको बताएका छन् ।

खेलकुदको क्षेत्रमा अब कायापलट हुने उनको भनाई छ ।

“जसजसले खेलकुद क्षेत्रलाई अगाडी बढ्न दिदैन मान्नुहोस् अब तिनको दिनगन्ति सुरु भयो ।”

एक अर्को प्रसंगमा संसार न्यूजसंग कुरा गर्दै कोईरालाले आफू स्वयम्भु सानो भर्याङमा १० बर्षदेखि एउटै घरमा भाडामा बसेको बताएका छन ।

“१० बर्ष भयो एउटै घरमा भाडामा बसेको ।” कोईरालाले भने “घरबेटी ३ जना परिवर्तन भईसके आफू त्यहिं छु ।”

हेर्नुहोस् कोइरालाको प्रस्टीकरण 

https://www.facebook.com/skjwala/posts/4002061753144600

वि.सं.२०७७ भदौ १० बुधवार १५:५१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...