back
CTIZAN AD

पुजारी हत्याका हत्यारालाई होइन हत्याको विरोधमा उत्रनेलाई कारबाही गर्न गृहले सर्कुलर गरेपछि…

वि.सं.२०७७ भदौ ११ बिहीवार

795 

shares

काठमाडौं । हनुमान मन्दीरका पुजारी श्रीराम शाहको हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दैै सुरु भएको प्रदर्शन रोक्न गृह मन्त्रायलले जिल्ला प्रशासनहरुलाई गोप्य सर्कुलर गरेको छ । मन्त्रालयले आइतबार विभिन्न जिल्ला प्रशासनहरुलाई प्रर्दशन रोक्न सर्कुलर गरेको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक र सबै जिल्ला प्रशासन कार्यालयलाई गोप्य सर्कुलर जारी गर्दै पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देश गरेको हो । मन्त्रालयले सर्कुलरमा घटनाको विषयलाई लिएर अवाञ्छित गतिविधि हुन सक्ने बताएको छ ।

सर्कुलर सार्वजनिक सरकारको आलोचना

पुजारी हत्यामा संलग्नलाई खोजेर कारबाही गर्नुको साटो पुजारी हत्याको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरी र जिल्ला प्रशासनलाई सर्कुलर गरेसँगै सरकारको आलोचना सुरु भएको छ । गोप्य सर्कुलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सरकारको रवैयाप्रति विरोध गरिएको हो ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङ्गले सरकारको रवैया अनौठो भएको भन्दै प्रश्न उठाएका छन् । उनले सरकारको पक्षमा प्रदर्शन गरेको भए यस्तो उर्दी जारी हुन्थ्यो भनि प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘राम मन्दिर बनाउन निर्देशन दिने तर हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले पुजारी साहको हत्यारा पत्ता लगाई कारबाही गर्नू माग राखेर हुन थालेको बिरोध प्रदर्शन रोक्न उर्दी जारी गरेछ। सरकारको पक्षमा प्रदर्शन गरेको भए यस्तो उर्दी जारी हुन्थ्यो होला ?’

वि.सं.२०७७ भदौ ११ बिहीवार ११:५९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...