back
CTIZAN AD

चिनियाँ सैन्य समुहको तालिम क्षेत्रमा अमेरिकी जासुसी विमान घुसेपछि…

वि.सं.२०७७ भदौ ११ बिहीवार

663 

shares

काठमाडौं । चीन र अमेरिकाबीचको तनाव फेरि उचाईमा पुगेको छ । चिनियाँ सैन्य समुहले तालिम गरिरहेको क्षेत्रमा अमेरिकाले दुई जासूसी विमान पठाएर निरिक्षण गरेपछि दुई देशबीचको तनाव बढेको हो । अमेरिकाले सैन्य सम्झौतालाई उल्लंघन गर्दै सीमा क्षेत्रमै घुसेर निरिक्षण गरेको चिनियाँ भनाई छ ।

सैन्य समुहको तालिम चलिरहेको बेला अमेरिकी दुई विमान पुगेपछि चिनियाँ सैन्य समुहले भने जवाफी कारबाही नगरी सावधानी अपनाएका थिए । जसबारे चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु क्विनले आफ्ना सैन्य समुहले सावधानी नपआएको भए गम्भीर दुर्घटना हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

चीनलाई जिस्क्याउने प्रर्यत्न गरिरहेको अमेरिकाले गत महिना मात्रै दुई फाइटर प्लेन संघाईदेखि ७५ किलोमिटर नजिकैको दुरीबाट उडान भरेको थियो ।

अमेरिकाले सैन्य सम्झौता उल्लंघन गर्यो : चीन

चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु क्विनले अमेरिकाले दुई देशबीचको सैन्य सम्झौतालाई उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् । चिनियाँ सञ्चारमाध्यमसँगको कुराकानीमा उनले आफ्ना सैन्य समुहको तालिम चलिरहेको बेला अमेरिकाले दुई जासुसी प्लेन पठाएर निरीक्षण गर्नु सम्झौताको उल्लंघन भएको बताए ।

अमेरिकी हरकद अत्यन्तै खरतनाकपूर्णं भएको टिप्पणी उनको छ । उनले चिनियाँ सैन्य समुहले सचेततापूर्वक सावधानी नअपनाएको भए ठुलो दुर्घटना हुने र त्यसले ठुलो रुप लिनसक्ने बताए ।

नियम उल्लंघन नगरेको अमेरिकाको दाबी

अमेरिकाले भने आफ्ना विमानले नियम उल्लंघन नगरेको दाबी गरेको छ । सीएनएनसँग कुराकानी गर्दै यूएस एयरफोर्सका अधिकारीले आफ्नो अधिकार क्षेत्रमा मात्रै काम गरेको दाबी गरे ।

उनले हिन्द महासागर क्षेत्रमा यसअघि पनि आफुँहरुले सैन्य गतिविधि गर्दै आएको बताए । आगामी समयमा पनि उक्त क्षेत्रमा आफुँहरुको गतिविधि रहने उनको भनाई छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ ११ बिहीवार १३:२१ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...