११ भदौ, वीगन्ज । वीरगंजमा निषेधाज्ञाको अवज्ञा गर्दै ब्यवसायीहरुले पसल संचालन गरेका छन् ।
गएको ३३ दिनदेखि निरन्तर निषेधाज्ञा जारी रहँदा व्यापार ठप्प भएको र दैनिकी चलाउन कठिनाई भएको भन्दै ब्यवसायीहरुले पसल स्वस्फूर्त संचालन गरेका हुन् ।
वीरगंजको घण्टाघर, माइस्थान, आदर्शनगर लगायतका स्थानमा रहेका पसलहरु आजबाट ब्यवसायीहरुले संचालनमा ल्याएका हुन् ।
कोरोना भाइरस संक्रमण फैलन रोक्न भन्दै स्थानीय प्रशासनले गएको साउन १० गतेदेखि वीरगंजमा निषेधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा कडाइका साथ पालना गराउन नेपाली सेना पनि सडकमा खटाएको छ । निरन्तर निषेधाज्ञा लगाउदा पनि संक्रमण फैलन नियन्त्रणमा आउन नसकेको र नागरिकको दैनिक जनजीवनमै समस्या आउन लागेपछि ब्यवसायीहरुले निषेधाज्ञा अवज्ञा गर्दै पसल संचालनमा ल्याएका हुन् ।
ब्यबसायीहरुले बन्द अवधिको पनि घर भाडा तिर्नु पर्ने, श्रमिकलाई पारिकस्रमिक दिनु पर्ने अवस्था रहेको तर व्यापार नहुँदा दिन सकिने अवस्था नरहे पछि बाध्य भएर निषेधाज्ञा अवज्ञा गर्दै पसल संचालन गर्नुपरेको बताउँछन् । उनीहरु भन्छन्, ‘अहिले मान्छे रोगले भन्दा भोकले मर्ने अवस्था बनेको छ ।’
वि.सं.२०७७ भदौ ११ बिहीवार १४:१० मा प्रकाशित




























