१२ भदौँ, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको ३ खेलको टि-२० श्रृखला आजबाट सुरु हुन गईरहेको छ । म्यानचेस्टरमा हुने पहिलो टि-२० मा इंल्याण्डका लागि कप्तानी इयोन मोर्गनले गर्ने छन भने पाकिस्तानका लागि बाबर आजमले कप्तानी गर्ने छन ।
इंल्याण्डले आफ्नो पछिल्लो ५ टि-२० खेलमा ४ मा जित निकालेको छ भने १ खेलमा हारको सामना गरेको छ । त्यसैगरी पाकिस्तानले भने आफ्नो पछिल्लो ५ टि-२० मा २ खेलमा जित र ३ खेलमा हारको सामना गरेको छ ।
इंल्याण्ड यस टि २० श्रृखला पनि जो रुट, बेन स्टोक्स, जस बटलर, जेफ्रा आर्चर जस्ता दिग्गज खेलाडी बिना मैदानमा उत्रने छ ।
खेल नेपाली समय अनुसार १०:४५ बाट सरु हुनेछ ।
इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन :
टम बान्टन, जोनी बेयरस्टो, डाविड मलान, इयोन मोर्गन, साम बिलिंग्स, मोइन अली, टॉम करण, डेविड विली, क्रिस जोर्डन, आदिल रशीद, साकीब महमद
पाकिस्तानको सम्भावित प्लेइङ्ग इलेवन :
बाबर आजम, फखर जमान, शादाब खान, हैदर अली, शोएब मलिक, सरफराज अहमद, इफ्तिखार अहमद, इमाद वसीम, मोहम्मद अमीर, वहाब रियाज, शाहीन अफरीदी
वि.सं.२०७७ भदौ १२ शुक्रवार ०८:५५ मा प्रकाशित


























