ऐजेन्सी – जापानका प्रधामन्त्री सिन्जो आवेले आफ्नो पदवाट राजिनामा दिने भएका छन् । जापानी सञ्चार माध्यम एनएचकेले अनुसार प्रधानमन्त्री आवेको स्वास्थ्यमा समस्या देखिएका कारण राजिनामा दिन लागेको बताएको छ ।
सञ्चार माध्यमका अनुसार पछिल्लो समयमा जाँच गर्दा आवेको स्वास्थ्यमा समस्या देखिएको हो । प्रधानमन्त्री आवे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पिडित भएको जनाइएको छ ।
सन् २०२१ को सेप्टेम्बर सम्म कार्यकाल बाँकी रहेका प्रधामन्त्री आबेले राजिनामा दिएपछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने एनएचकेले जनाएको छ ।
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा उचित कदम नचालेको भन्दै प्रधामन्त्री आवेको आलोचित भएका आवेले पछिल्लो समय अर्थतन्त्रलाई सहि ठाउँमा ल्याइपुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए । कोरोना महामारीको कारण जापानको अर्थतन्त्र ईतिहासमा नै कमजोर अवस्थामा पुगेको छ ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १२:३५ मा प्रकाशित






























