काठमाडौं । चर्चित उद्योगपति विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ । चौधरीले सामाजिक सञ्जाल ट्विटमार्फत आफुँलाई कोरोना संक्रमण भएको बताएका हुन् ।
उनले जनाएअनुसार शुक्रबार बिहान पीसीआर परीक्षण गराउँद रिपोर्ट पोजिटिभ देखिएको हो । उनले आफुँमा कुनै लक्षण नदेखिएको तर चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा बसेको बताएका छन् ।
उनले आफुँसँग भेट भएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020
वि.सं.२०७७ भदौ १२ शुक्रवार १३:२२ मा प्रकाशित






























