back
CTIZAN AD

रितुको प्रेममा मिलन छटपटाएपछि… (भिडियो सहित)

वि.सं.२०७७ भदौ १२ शुक्रवार

780 

shares

१२ भदौ, काठमाडौं । कुसुम मिडिया क्रियशन प्रा.लि.ले नयाँ प्रस्तुति स्वरुप ‘तिमी बिना’ गीत लिएर दर्शक श्रोता सामु आएको छ । युवा गायक रुबेन अवालेको आवाजमा गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ ।

मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’ मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउँन खोजिएको छ ।
युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन् ।

गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् । भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् ।

वि.सं.२०७७ भदौ १२ शुक्रवार १३:१७ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...