back
CTIZAN AD

बेल्जियमबाट अभियन्ता आचार्यको अनुरोध–‘मन्त्रीज्यू कृषकको सम्मान गर्ने अभियान चलाऔं’

वि.सं.२०७७ भदौ १२ शुक्रवार

864 

shares

१२ भदौ, काठमाडौं । लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार तथा अभियानको बेल्जियम च्याप्टरका सभापति तथा सामाजिक अभियन्ता  दामोदर आचार्यले कृषि पेशा र किसानको सम्मान गरेमा मात्र नेपालमा समृद्दि आउने बताएका छन् ।

आचार्यले पूर्व वातावरण मन्त्री गणेश शाहलाई सम्बोधन गर्दै नेपालमा जबसम्म कृषि व्यवसाय र कृषकलाई सम्मान नगर्ने नकारात्मक सोच रहिरहन्छ तबसम्म देशले आर्थिक समृद्दिको पाटोमा गतिशीलता हासिल गर्न नसक्ने बताउँदै कृषि र किसानलाई हेर्ने नकारात्मक सोचका विरुद्ध देशमा अभियान नै चलाउनु पर्ने बताएका छन् ।

आचार्यले सामाजिक संजाल फेसबुकमा मन्त्री गणेश साहलाई सम्बोधन गर्दै लेखेका छन्-

आदरणीय र प्रिय गणेश शाह सर
बेल्जियमबाट हार्दिक न्यानो अभिवादन !

भर्खरै प्रकाशित नेपालको कृषि व्यवसायमा प्रविधिको प्रयोग सम्बन्धमा हजुरले अभिव्यक्त गर्नुभएको धारणा अत्यन्त ह्रदय नै छुने यथार्थपरक र कृषिको आधुनिकिकरण र विकासको लागि गहन लाग्यो । यस विचारका लागि म यहाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
यस सन्दर्भमा मलाई लागेको विषयमा केहि शब्द राख्ने हजुरसमक्ष अनुमति माग्दछु ।

वास्तवमा नेपाल सरकारको जिम्मेवार निकायमा रहेका नेतृत्व र पदाधिकारीहरूले निर्णय गर्ने तर कार्यान्वयनमा ठोस पहल नगर्ने खालको प्रवृत्तिका कारण हरेक क्षेत्रमा गतिशीलता हासिल हुन नसकेको प्रतित हुन्छ ।

दुर्भाग्यपूर्ण छ, कृषि व्यवसायलाई र कृषकलाई सम्मान नगर्ने नकारात्मक सोच । यस्तो सोचका विरूद्द दुरूत्साहित गर्ने अभियान नै देशमा चलाउनु पर्ने टड्कारो आवश्यकता देख्दछु ।

वास्तवमा कृषि नै जीवन जीउने मानवको मुख्य आधार हो । संसारमा यो जति महत्वपूर्ण र पवित्र अर्को पेशा नै छैन । यो धरातलिय यथार्थबाट मानिस चुकेको देख्दा मलाई अत्यन्त पिडाबोध हुन्छ ।

अन्त्यमा, मलाई खुशी लागेको छ लोकप्रिय नायिका तथा सामाजिक अभियन्ता श्वेता खड्काले पनि आगामी दिनमा कृषि व्यवसायमा संलग्न हुने घोषणा गर्नुभएको छ । साथै मलाई गर्व लागेको छ, राजनीतिबाट अलग्गिएर कृषि व्यवसाय सुरू गर्ने पूर्व एनेकपा माओवादी नेता लोकेन्द्रबहादुर बिष्ट मगरको कार्य प्रगतिबाट । आशा र अपेक्षा छ आगामी दिनमा कृषि व्यवसाय लोकप्रिय बन्दै जानेछ ।’

कमरेडली अभिवादन सहित
दामोदरप्रसाद आचार्य
बेल्जियम

 

वि.सं.२०७७ भदौ १२ शुक्रवार १३:१६ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...