१४ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ ।
हाल प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलि रही देशका भू-भागमा आशिंक देखि सामान्य बदलि रहेको छ ।
आज प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवस्यक सावधानी अपनाउन पनि मौसम तथा पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
आज राति यी नदीमा पानीको बहाव बढ्ने
आज देशका प्रमुख तथा मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुने,भोलि रातीबाट देशैभरका नदीमा बहाव बढ्ने, कन्काई, कमला, कोशी, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका स-साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने जनाइएको छ ।

वि.सं.२०७७ भदौ १४ आइतवार ०८:४९ मा प्रकाशित






























