back
CTIZAN AD

कोरोना संक्रमित बढ्दा पोलिसीको बिक्री बढ्यो, बीमा दाबी गर्ने पनि ह्वात्तै बढे

वि.सं.२०७७ भदौ १४ आइतवार

951 

shares

१४ भदौ, काठमाडौं । पछिल्लो पटक नेपालमा कारोना संक्रमित बढेसंगै कोरोना बीमाको दाबी गर्नेहरुको संख्या पनि बढेको छ । बीमक संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार भदौ १२ गते शुक्रबारसम्ममा ८६७ जनाले कारोना बीमाको दाबी गरेका छन । दाबी गरेकामध्ये ५० हजारको कोरोना बीमा गरेका २० जनाले भुक्तानी लिएका छन् भने १ लाखको कोरोना बीमा गरेका १४४ जनाले भुक्तानी लिएका छन् ।

त्यस्तै बीमा दाबी गरेका मध्ये ७०३ जनाको भुक्तानी हुन बाँकी छ । भुक्तानी हुन बाँकी मध्ये ६१ जनाले ५० हजार बराबरको कोरोना बीमा गरेका छन भने ६४२ जनाले १ लाख बराबरको कोरोना बीमा गरेका छन ।

हालसम्म सबैभन्दा धेरै शिखर ईन्स्योरेन्समा १८१ जनाको दबी परेको छ भने २६ जनाले भुक्तनी पाएका छन् । त्यस्तै सबै भन्दा कम जनरल ईन्स्योरेन्स कम्पनीमा दाबी परेकोमा त्यहाँबाट कसैले पनि भुक्तानी पाएका छैनन् ।

५ महिनाको अवधिमा ८ लाख ४७ हजार  बढिले बीमा गरे

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको माहामारीसँगै बीमा समितिको निर्देशनमा बीमा कम्पनीहरुले गत वैशाख ७ गतेबाट कोरोना बीमाको सुरुवात गरेका थिए । झण्डै ५ महिनाको अबधिमा संसारका कुनै पनि देशहरुले नगरेको कारोना बीमा ८ लाख ४७ हजार १८२ जनाले छन् ।

बीमक संघले उपलब्ध गराएको गत शुक्रबारसम्मको तथ्याङ्क अनुसार यो अबधिमा ९३ हजार ६९ कित्ता पोलेसि बिक्रि भएका छन्, जस वापत बीमा कम्पनीहरुले ४७ करोड ७१ लाख ५३ हजार ८२ रुपैंया संकलन गरेका छन् ।

सबैभन्दा बढि शिखर ईन्स्योरेन्सले गर्यो कोरोना बीमा

हालसम्म सबैभन्दा बढी शिखर ईन्स्योरेन्सले ८ करोड ९५ लाख ७ हजार १ सय रुपैंयाँ बराबरको १९ हजार ९८७ कित्ता पोलेसि बिक्रि गरेको छ । त्यसबाट १ लाख ६२ हजार ९६५ जना बीमित भएका छन् । त्यसैगरि सबैभन्दा कम प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनी ७० लाख २२ हजार ७०० रुपैंयाँ बराबरको १ हजार २४ कित्ता पोलेसि बिक्रि गरेको छ । त्यसबाट १३ हजार ९३८ जना बीमित भएका छन् ।

सूरुमा बीमा समितिको निर्देशनमा नेपाल पूनर्बीमा कम्पनीको बीमा पूलमार्फत बीमा कम्पनीहरुले कोरोना बीमा गरेका थिए । तर चालु आर्थिक बर्षको बजेमा सरकारले पनि कोरोना बीमाको लागी बजेटको व्यवस्था गरेपछि बीमा कम्पनीहरु झस्किए । केहि समय कोरोना बीमा के हुने ? भन्ने अन्यौलता थपियो ।

तर, सरकारले बीमालाई निरन्तरता दिनकोलागि बीमा कम्पनीहरुलाई आस्वस्त परेपछि कोरोना बीमाले निरन्तरता पाएको थियो । अहिले जारि कोरोना बीमालाई चैत्रसम्ममात्र निरन्तरता दिने बिमासमितिले जनाएको छ । कोरोना बीमा निर्जिवन बीमा कम्पनीहरुले गर्दै आएका छन् । हाल नेपालमा २० वटा निर्जिबन बीमा कम्पनी छन् ।

कुन कम्पनीबाट कतिले गरे बीमा दाबी ?

अजोडबाट ३१ जना

एभरेष्टबाट २१ जना

जनरलबाट ६ जना

हिमालयनबाट ५४ जना

आईजिआईबाट १५ जना

लुम्बिनीबाट ८० जना

नेशनलबाट १३

नेकोबाट ८२ जना

नेपाल इन्स्योरेन्सबाट ३४ जना

एनएलजीबाट ६० जना

ओरियन्टलबाट ३७

प्रभूबाट १६ जना

प्रिमियरबाट २७ जना

प्रुडेन्सियलबाट १३ जना

राष्ट्रिय बीमाबाट १४ जना

सगरमाथाबाट ३० जना

सानिमा जनरलबाट १६ जना

शिखरबाट १८१ जना

सिद्धार्थबाट ५७ जना

वि.सं.२०७७ भदौ १४ आइतवार १५:११ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...