१४ भदौ, काठमाडौं । आईएमईले सेवाग्राहिकाे घरघरमै रेमिटेन्स सेवा पुर्याउने भएको छ । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिका बीचमा यस्तो सुबिधा दिन लागेको जनाएको छ ।
यसका लागि सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर)हरुको प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई ‘पे’ मोबाइल वालेट एपलाई पनि स-शक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको जनाएको छ ।
यस सुविधा अन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्तगर्नका लागि आइएमई ‘पे’ वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन नं दाखिला गरी सेवा ग्राहिले रकमको अवस्था एकिन गर्न सक्नेछन ।
यदि कुनै सेवाग्रहीलार्ई पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नसक्नेछन् । त्यसका अतिरिक्त सेवाग्राहीले ‘नियर बाइ एजेन्ट’मा थिची आफूलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्तगर्न सक्नेछन् । आइएमईका यी सवै सुविधा प्राप्तगर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्ने पनि जनाईएको छ ।
यस सम्बन्धि पूर्ण जानकारीका लागि यो लिंक क्लिक गर्न पनि आईएमईले भनेको छ ।
आइएमईले आइएमई पे मोबाइलवालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्तगर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।
भौतिक दूरी कायम गरी समुदायस्तरमा कोभिड–१९ रोग नफैल्याउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै भन्दै आइएमइले त्यसलाई कसरी प्राप्तगर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्य पनि पर्न जान्छ भनेको छ । यस्तो विषम परिस्थितिमा आफ्ना व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिटेन्स सेवाउपलब्ध गराउने आइएमईले जनाएको छ ।
त्यस्तै परिस्थिति सामान्यहुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न सकिने पनि उसले जनाएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भ गरेको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दःुख गरिकमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ । करिव १० लाखको संख्यामा डाउनलोड भएको आइएमई पे मोबाइल एपबाट पनिअव सजिलैसँग रेमिटेन्स सेवा प्राप्तगर्न सकिने व्यवस्था मिलाइएको पनि उसको भनाई छ ।
वि.सं.२०७७ भदौ १४ आइतवार २१:५० मा प्रकाशित






























