१५ भदौं, काठमाण्डौं । नेपालमा सोमबार (१५ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ९३ हजार ४७२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ११ हजार १२९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ८२२ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १० हजार ७०१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ७,१२१ जना रहेका छन् ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा १३२ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४, प्रदेश २ मा ३८ बागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १७ जना गरी जम्मा १३२ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १, बागमती प्रदेशमा १३ र प्रदेश ५ मा २ जना गरी जम्मा १६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी, धनुषा, पर्सा, वारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं ललितपुर, चितवन र रुपन्देही गरी १२ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ र हुम्ला रहेका छन् ।
आज काठमाडौं उपत्यकाका २९८ सहित ८९९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २९८ जनासहित देशैभरी ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को ओलढुंगामा १, खोटाङमा १, झापामा ५, मोरङमा १९, संखुवासभामा ९ र सुनसरीमा २५ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ३१, पर्सामा ३४, बारामा २३, महोत्तरीमा ६, रौतहटमा १, सप्तरीमा २२, सर्लाहीमा १०३ र सिराहामा ५ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १९०, काभ्रेपलान्चोकमा १३, चितवनमा ७१, दोलखामा २, धादिङमा १, भक्तपुरमा ४१, मकवानपुरमा ४२, रामेछापमा २ र ललितपुरमा ६७, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा ७ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ३, गोरखामा १३, तनहुँमा २६, नवलपरासीपूर्वमा ४, लमजुङमा २ र बागुलङमा ४ संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा १, नवलपरासीमा ३, पाल्पामा १, बर्दियामा २, बाँकेमा १४, रुपन्देहीमा ११ जनामा संक्रमण पु्ष्टि भएको छ ।
कर्णाली प्रदेशको जुम्लामा १ र सुर्खेतमा ३८ संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा २३, कन्चनपुरमा ७, कैलालीमा १६, डोटीमा १, बझाङमा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी ८९९ जना संक्रमित थपिएका छन् । जसमा महिला ३०३ र पुरुष ५९६ जना रहेका छन् ।
आज थपिएका ८९९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ ।
आज पनि ५८८ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज ५८८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ५८८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ५८८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १५७०, प्रदेश २ मा ४,८५३, बागमती प्रदेशमा १३२८, गण्डकी प्रदेशमा १७०८, प्रदेश नं ५ मा ४,९३०, कर्णाली प्रदेशमा २०८३ र सुदूरपश्चिम प्रदेशमा ४९३८ जना गरी हालसम्म जम्मा २१ हजार ४१० जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७९९, प्रदेश २ मा ७१८, बागमती प्रदेशमा ६८२, गण्डकी प्रदेशमा २३५२, प्रदेश नं ५ मा ८०५ कर्णाली प्रदेशमा ३२७ र सुदूरपश्चिम प्रदेशमा १६५४ गरी जम्मा७,३३७ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १२८७, प्रदेश २ मा २०६२, बागमती प्रदेशमा ४४०८ गण्डकी प्रदेशमा ५३०, प्रदेश नं ५ मा ११७३, कर्णाली प्रदेशमा ३९६ र सुदूरपश्चिम प्रदेशमा ८४५ जना रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ५१० प्रदेश २ मा ४०५५, बागमती प्रदेशमा २०४२, गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ३५६ कर्णाली प्रदेशमा १२० र सुदूरपश्चिम प्रदेशमा जना गरी जम्मा ७,१२१ जना रहेका छन् ।
.कोरोना संक्रमणबाट आज पनि ७ जनाको मृत्यु
नेपालमा आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ७ जनाको मृत्यु भएको छ । जसमा महोत्तरीमा ४ वर्षीया बालिका, गोरखामा ६५ वर्षीया र रुपन्देहीमा ६८ वर्षीया गरी २ महिला र १ बालिकासहित ३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी झापामा ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुष गरी ४ पुरुष र ३ महिला गरी ७ जनाको मृत्यु भएको हो ।
आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ भदौ १५ सोमवार १८:४९ मा प्रकाशित






























