१४ भदौ, काठमाण्डौं । नेपालमा आइतबार ( १४ भदौ ) सम्म पिसीआर प्रविधिबाट ६ लाख ८२ हजार ३४३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२ हजार ७१७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ५१८ रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १० हजार ६१२ जनाको उपचार भइरहेको छ भने होम आइसोेलेसनमा ६९०६ जना रहेका छन् ।
त्यस्तै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १४४ जना र भेन्टिलेटरमा १७ जना उपचाररत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
जसमा प्रदेश १ मा १७, प्रदेश २ मा ३८, बागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा ३ र प्रदेश नं ५ मा १६ जना गरी १४४ जना विभिन्न अस्पतालका आइसीयुमा उपचाररत छन् । सागै प्रदेश १ मा ३, बागमती प्रदेशमा १२ र प्रदेश नं ५ मा २ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या ७,७९७ रहेको छ । यो संख्या दिनहुँ घट्दै गएको हो ।
आज थपिएका १२२१ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ भने आज निको भएर २६७ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म २० हजार ८२२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथ आज थपिएका १४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
त्यसैगरी ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, पर्सा, धनुषा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही गरी ११ वटा रहेका छन् । साथै हालसम्म संक्रमित शून्य भएका जिल्लाहरु मनाङ र हुम्ला रहेका छन् ।
आज काठमाडौं उपत्यकाका ४२९ सहित १२२१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ४२९ जनासहित देशैभरी १२२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् । साथै आज कर्णाली प्रदेशको विवरण उपलब्ध छैन ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २ र सुनसरीमा ३३ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै प्रदेश २ को धनुषामा ७५, पर्सामा ४६, बारामा ८२, महोत्तरीमा ३७, सप्तरीमा ६, सर्लाहीमा ३४ र सिराहामा २६ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ३७२, काभ्रेपलान्चोकमा २५,चितवनमा ९०, धादिङमा ३, भक्तपुरमा ४५ मकवानपुरमा ९, रामेछापमा १, ललितपुरमा १२, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा ५ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा कास्कीमा ५, गोरखामा ५, तनहुँमा ४, नवलपरासीपूर्वमा २ र बाग्लुङमा ३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा ३, कपिलवस्तुमा २५, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा २१, पाल्पामा ८, प्युठानमा ५, बर्दियामा ६, बाँकेमा १४ र रुपन्देहीमा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेशको अछाममा ८, कन्चनपुरमा १, कैलालीमा ६, डोटीमा ११, दार्चुलामा २ र बझाङमा ४७ जना संक्रमित थपिएसँगै आज देशैभरी १२२१ जना संक्रमित थपिएका छन् । जसमा ३४८ महिला र ८७३ पुरुष रहेका छन् । आज थपिएका १२२१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ ।
आज पनि २६७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज
नेपालमा आज २६७ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत २६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका २६७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ५४ प्रतिशत रहेको पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा १५६९, प्रदेश २ मा ४७४३, बागमती प्रदेशमा १०२३, गण्डकी प्रदेशमा १७०७, प्रदेश नं ५ मा ४८४९, कर्णाली प्रदेशमा २०८३ र सुदूरपश्चिम प्रदेशमा ४८४८ जना गरी हालसम्म जम्मा २० हजार ८२२ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ७३५, प्रदेश २ मा ७८३, बागमती प्रदेशमा ७२८, गण्डकी प्रदेशमा २३८३, प्रदेश नं ५ मा ८५७ कर्णाली प्रदेश ३२७ र सुदूरपश्चिम प्रदेशमा १९८४ गरी जम्मा ७,७९७ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १२४७, प्रदेश २ मा २१०२, बागमती प्रदेशमा ४३७०, गण्डकी प्रदेशमा ४८०, प्रदेश नं ५ मा १०९७, कर्णाली प्रदेशमा ३६० र सुदूरपश्चिम प्रदेशमा ९५६ जना रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४९०, प्रदेश २ मा ३९०२, बागमती प्रदेशमा १९५० गण्डकी प्रदेशमा १८, प्रदेश नं ५ मा ४८० कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा ४९ जना गरी जम्मा ६,९१६ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज पनि १४ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट विहिबार (१४ भदौ गते) १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका १० जिल्लाका १४ जनाको संक्रमणबाट मृत्यु भएको हो । जसमा ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुने ४ महिलामा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया गरेर ४ महिलाको मृत्यु भएको हो ।
त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र २५ वर्षीय, रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय र रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय २ पुरुष गरी १० जना पुरुषको मृत्यु भएको हो ।
आज थपिएका १४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ । पछिल्लो केही दिनयता संक्रमणबाट मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा भदौ १३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ भदौ १४ आइतवार १८:३४ मा प्रकाशित






























