back
CTIZAN AD

चीनलाई जवाफ दिन अमेरिकाले सुरु गर्यो तयारी, भारत, जापान र अष्ट्रेलियासहित मिलेर रणनीति बनाउने

वि.सं.२०७७ भदौ १४ आइतवार

786 

shares

काठमाडौं । दक्षिणी चिनियाँ सागरसमेत केही हिस्साबाट चीनलाई पाखा लगाउन अमेरिकाले तयारी थालेको छ । जसबारे अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)का सल्लाहकार रोबर्ट ब्रायनले आगामी रणनीतिबारे खुलासा गरेका छन् । ब्रायनले बताएअनुसार चीनविरुद्व कस्तो रणनीति बनाउने भन्ने बारेमा अमेरिकाले भारत, जापान र अष्ट्रेलियासँग बसेर छलफल गर्दैछ ।

ब्रायनले चीनको शैली अति नै खतरनाक भएको भन्दै त्यसका विरुद्व छिट्टै आक्रामक रणनीति तयार हुने बताए । उनका अनुसार आगामी महिना जसबारे ठोस निष्कर्ष निस्कनेछ ।

चीनलाई तीन तर्फबाट घेरा हाल्ने योजना

ब्रायनले बताएअनुसार हिन्द महासागर र दक्षिणी चिनियाँ सागरमा चीनले गरिरहेको गतिविधिलाई रोक्न जस्तोसुकै कदम पनि चालिनेछ । जसको लागि अमेरिकाले जस्तोसुकै भूमिका निभाउन पनि तयार रहेको ब्रायनको भनाई छ ।

उनले बताएअनुसार अमेरिकाले कुटनीतिक, सैन्य र आर्थिक रुपमा तयारी गरिरहेको छ ।

समुन्द्रमाथि चीनको हक छैन

ब्रायनले चीनले समुन्द्रमाथि हैकम चलाउन खोजेको भन्दै समुन्द्रमाथि उसको रवैया नचल्ने बताए । उनले कुनै पनि समुन्द्र विश्वको कुनै पनि देशले प्रयोग गर्न पाउनुपर्ने बताए ।

ब्रायनले बताएअनुसार सामुन्द्रिक यात्रामा चीनले रुकावट ल्याए जसको परिणाम खतरनाक हुनेछ । जसको लागि अमेरिका कडा जवाफ फर्काउन तयार रहेको उनको भनाई छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ भदौ १४ आइतवार १८:३५ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...